एमाले लुम्बिनीको अधिवेशनमा १००० बढी प्रतिनिधि

बुटवल । नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशनमा एक हजार बढी प्रतिनिधि सहभागी हुने भएका छन् ।

एमालेले सात प्रदेशमध्ये लुम्बिनी प्रदेश अधिवेशन सबैभन्दा अगाडि आगामी भदौ १६ र १७ गते बुटवलमा गर्ने कार्यतालिका तय गरेको छ ।

बुटवल-१० रामनगरस्थित बुटवल अन्तर्राष्ट्रिय सभाहलमा हुने अधिवेशनमा सहभागी हुन एमालेले प्रदेशका १०९ वटै पालिकामा भदौ ९ गते एकैपटक प्रतिनिधि छनोट गर्ने प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले जानकारी दिए ।

प्रदेशका १२ जिल्लामा कुल ८२ हजार ३०३ जना पार्टी सदस्य रहेका कंडेलले बताए ।

कुल पार्टी सदस्य संख्याबाट खुल्लातर्फ १०० जना पार्टी सदस्य बराबर एक जना, दलिततर्फ ७५ जना सदस्य बराबर एक, जनसंगठनतर्फ प्रदेश महासंघबाट पाँच जना र अन्यबाट तीन जना तथा एक तिहाई महिला अनिवार्य हुनेगरी प्रतिनिधि छनोटको मापदण्ड तय गरिएको अध्यक्ष कंडेलले बताए ।

‘प्रतिनिधि छनोटमा दोहोरोपन र कुनै कैफियत नहोस् भनेर बाह्र जिल्लाका एक सय नौ वटै पालिकामा एकैपटक छनोट गर्ने विधि अपनाएका हौं,’ अध्यक्ष कंडेलले भने, ‘अधिवेशनमा एक हजार जना हाराहारीमा प्रतिनिधि हुन्छन्,त्यसमा थोरै संख्या तलमाथि हुनसक्छ ।’

पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने तय भएको अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन गरी तयारीका कामहरु अघि बढाइएको प्रदेश प्रचार विभाग प्रमुख डिआर घिमिरेले जानकारी दिए ।

अधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुले आवासको व्यवस्थापन आफै गर्नुपर्ने नियम बनाइएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
Online khabar
लेखकको बारेमा

Online khabar

Onlinekhabar देशकाे चर्चित अनलाइन मिडिया हाे ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?