ज्येष्ठ नागरिकको कैद छुट सुविधापछि टोपबहादुर रायमाझी रिहा

समाचार सारांश
Auto Generated by AI
  • नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी टोपबहादुर रायमाझी डिल्लीबजार कारागारबाट रिहा भएका छन्।
  • ज्येष्ठ नागरिकले पाउने २५ प्रतिशत कैद छुट सुविधाका कारण उनी तोकिएको समयभन्दा अगाडि छुटेका हुन्।
  • काठमाडौं जिल्ला अदालतको आदेशपछि कारागार प्रशासनले उनलाई आज बिहान रिहा गरेको हो।

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका नेकपा एमालेका नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी रिहा भएका छन् । उनी बिहीबार बिहान डिल्लीबजार कारागारबाट रिहा भएका हुन् ।

६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने कैद छुट सुविधाअन्तर्गत रायमाझी रिहा भएका हुन् । प्रचलित कानुनी व्यवस्थाअनुसार ६५ वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिकले कैद सजायमा २५ प्रतिशत छुट पाउने व्यवस्था छ ।

रायमाझीलाई रिहा गर्न काठमाडौं जिल्ला अदालतले तिहारअघि नै कारागार प्रशासनलाई संशोधित कैदीपुर्जी पठाएको थियो । अदालतबाट प्राप्त संशोधित कैदीपुर्जीका आधारमा उनलाई रिहा गरिएको कारागार स्रोतले जनाएको छ ।

रायमाझी २०८० वैशाख २० गते नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका थिए । काठमाडौं जिल्ला अदालतले २०८३ असार ३० गते उनलाई चार वर्ष कैद सजाय सुनाएको थियो ।

ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार कैद छुट सुविधा पाएपछि उनी निर्धारित कैद अवधि पूरा हुनुअघि नै रिहा भएका हुन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?