काठमाडौं । देशभर आंशिकदेखि सामान्य बदली छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका थोरै तथा देशका बाँकी भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान र देशका बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा र बाँकी भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।













