अर्घाखाँची अस्पताल : सामाजिक सेवा इकाई मार्फत ९ सय ३८ जनाकाे निःशुल्क उपचार

अर्घाखाँची । जिल्ला अस्पताल अर्घाखाँचीमा सामाजिक सेवा इकाई मार्फत एक बर्षमा ९ सय ३८ जनाले निःशुल्क उपचार गराएका छन् ।

सामाजिक सेवा इकाई मार्फत ५० देखि शत प्रतिशत सम्म छुट दिइएको हो । स्वास्थ्य बीमा समेत गर्न नसक्ने नागरिकका लागि सामाजिक सेवा इकाइले निःशुल्क दिएको सेवा प्रभावकारी भएको स्थानीयको भनाई छ । गत आर्थिक बर्ष २०७९/८० को २०७९ साउन देखि २०८० असार २० गते सम्म १ बर्षको अवधिमा ९ सय ३८ जनाले निःशुल्क सेवा लिएको जिल्ला अस्पताल अर्घाखाँचीका सूचना अधिकारी निम रानाले जानकारी दिए ।

सेवा लिनेमा गरिब ४ सय ४० जना, ज्येष्ठ नागरिक २ सय ८१ जना, प्रहरीले ल्याएका थुनुवा ९७ जना, अपाङ्गता भएका व्यक्ति ७२ जना, असाहय २६ जना र महिला स्वास्थ्य स्वयंसेविका २२ गरि ९ सय ३८ जना रहेका छन् ।
यस्तै क्षेत्रगत रुपमा हेर्दा जिल्लाको सन्धिखर्क,भुमिकास्थान र शितगंगा नगरपालिका, मालारानी, छत्रदेव र पाणिनी गाउँपालिका सहित छिमेकी जिल्ला गुल्मी र प्युठानबाट समेत बिरामीले यो सुविधा लिएको पाइएको छ ।

एक बर्षको अवधिमा इन्भेष्टिकेशन, औषधि र एम्बुलेन्स सेवा गरि ८ लाख १५ हजार ५ सय ३७ रुपैंया खर्च भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार बाहुन÷क्षेत्री ४ सय १५ जना, दलित ३ सय ३५ जना, जनजाती १ सय ७४ जना, मधेशी र अन्यमा ५/५ जना र मुस्लिम ४ जना गरि ९ सय ३८ जना विभिन्न लक्षित समूहका बिरामीले निःशुल्क स्वास्थ्य उपचारको लाभ लिएको अर्घाखाँची अस्पतालका सूचना अधिकारी रानाको भनाई छ ।

सामाजिक सेवा इकाई मार्फत गरीब, असाहय, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, लैंङ्गिक हिंसा पीडित (बालबालिका समेत), गरीब तथा विपन्न आकस्मिक बिरामी, विपद् एवम् प्राकृतिक प्रकोप (महामारी, भूकम्प, बाढी, पहिरो, आगलागी) आदिबाट पीडित, सीमान्तीकृत तथा लोपोन्मुख आदिवासी, जनजाति, महिला स्वास्थ्य स्वयंसेविका, कुपोषित बालबालिका, प्रहरीले ल्याएका थुनुवा बिरामी र शहीद परिवारले निशुल्क उपचार गर्न सक्ने जिल्ला अस्पताल अर्घाखाँचीले जनाएको छ । उनिहरुलाई सम्बन्धित लक्षित समूह प्रमाणित गर्ने कागजपत्रको आधारमा निःशुल्क स्वास्थ्य उपचार गर्ने गरिएको हो ।

जिल्ला अस्पताल अर्घाखाँचीमा अहिले फिजियोथेरापी, सामान्य शल्यक्रिया, दन्त तथा आँखाको उपचार, शल्यक्रिया सहितको सुरक्षित प्रसुतीसेवा, भिडियो एक्सरे, २४ सै घण्टा ल्याव तथा फार्मेसी सेवा लगायतका सेवा सञ्चालनमा छन् ।

सामाजिक सेवा इकाइ बाहेक गत २०७९ साउनदेखि २०८० असार मसान्तसम्म ३८ हजार १ सय ८६ जनाले सेवा लिएको सूचना अधिकारी रानाले बताउनुभयो । त्यस्तै, यो अवधिमा स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत ३८ हजार ६ सय १ जनाले उपचार लिएका छन् । अस्पतालमा छिमेकी जिल्लाबाट समेत उपचारका लागि बिरामी आउने गरेका छन् । वि.सं. २०४५ सालमा निर्मित यस अस्पतालमा प्रस्तावित ५० शैय्या छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गोपाल प्रसाद भट्टराई
लेखकको बारेमा

गोपाल प्रसाद भट्टराई

भट्टराई अर्घाखाँची एफएमका स्टेशन म्यानेजर हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?