अर्घाखाँची : ऐतिहाँसिक तिन अभियानलाइ तिव्र बनाउँदै नेकपा मसाल 

अर्घाखाँची । कम्युनिष्ट स्थापनाको ७५ बर्ष, लेनिन स्मृतिको एक शताब्दि र नेकपा मसालको नवौं महाधिवेशनको तयारी स्वरुप अहिले मसालले देशभर ऐतिहाँसिक ३ अभियान संचालन गरिरहेको छ ।

गत वैशाख १८ गतेदेखि सुरु भएको यो अभियान एक बर्ष सम्म जारी रहनेछ । पार्टीले संचालन गरेको ऐतिहाँसिक तिन अभियानलाई सफल पार्न भन्दै अर्घाखाँचीमा पनि राष्ट्रिय जनमोर्चाले साङ्गठानिक कार्यक्रमको घोषणा गरेरै अभियान चलाएको छ ।

पहिलो चरणमा जिल्ला र पालिकाका भेला तथा बैठक गरिसकेको राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले अहिले वार्ड स्तरीय गतिविधिलाई अगाडि बढाएको राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन के.सी.ले जानकारी दिए । वडास्तरिय कार्यक्रम अन्तरगत शनिबार राष्ट्रिय जनमोर्चा भुमिकास्थान–८ ले संयुक्त भेला सम्पन्न गरेको छ । संयुक्त भेलाले किसान, युवक, महिला, अन्टुक, विद्यार्थि र बाल संघको वडा स्तरिय समिति गठन गरेको छ । भेलाले सीता पोख्रेलको अध्यक्षतामा ३५ सदस्यीय अनेम संघ वडा समिति गठन गरेको छ । जसको उपाध्यक्षमा गोमा खत्री, सचिव अस्मिता आचार्य, सह–सचिव मिना गैरे र कोषाध्यक्ष बसन्ता मरासिनी चयन भएका छन् ।

यस्तै संगिता विष्टको अध्यक्षतामा १३ सदस्यीय अखिल नेपाल युवक संघको समिति गठन भएको छ । समितिको उपाध्यक्ष,सचीव,सह–सचीव र कोषाध्यक्षमा क्रमशः शालिकराम पोख्रेल,कविता पोख्रेल,विवेक खत्री र आशा महत्रा सर्वसहमत चयन भएका छन् ।

त्यस्तै आशिष खनालको अध्यक्षतामा १९ सदस्यीय अखिल छैठौं वडा समिति गठन गरेको छ । जसको उपाध्यक्षमा अर्जुन खत्री, सचिव आशिष विष्ट, सह–सचिव केशव सारु र कोषाध्यक्ष सरिता पोख्रेल चयन भएका छन्। यस्तै मान बहादुर के.सी. को अध्यक्षतामा १३ सदस्यिय अखिल नेपाल किसान महासंघको वडा समिति गठन भएको छ । जसको उपाध्यक्ष,सचीव,सह–सचीव र कोषाध्यक्षमा क्रमशः रोम बहादुर रायमाझी,तोम बहादुर खत्री,पिताम्बर गैरे र ओम बहादुर खत्री रहेका छन् ।

त्यस्तै पदम खत्रीको अध्यक्षतामा ९ सदस्यिय अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) को गठन भएको छ । जसको उपाध्यक्षमा अमृत पोख्रेल,सचिव सुवास आचार्य,सह–सचिव गिता विष्ट र कोषाध्यक्षमा सिता खत्री चयन भएका छन् । भेलाले नविन आचार्यको अध्यक्षतामा ९ सदस्यिय अखिल नेपाल बाल संघको पनि गठन गरेको छ । जसको उपाध्यक्ष,सचीव,सह–सचीव र कोषाध्यक्षमा क्रमशः स्मृती खत्री,सर्जना विष्ट,अपेक्षा खत्री र सुजन खत्री रहेका छन् ।

भुमिकास्थान–८ को लम्चिमा सम्पन्न भेलालाई राष्ट्रिय जनमोर्चाका नेता शेर बहादुर वि.सी., जिल्ला उपाध्यक्ष गोपाल पौडेल, अखिल नेपाल महिला संघ जिल्ला सचिव कल्पना पोख्रेल, अखिल नेपाल शिक्षक संघका केन्द्रिय कोषाध्यक्ष टेक बहादुर थापा, अन्टुक जिल्ला अध्यक्ष इन्द्रमणी भुसाल र प्रगतिशिल पत्रकार संघका केन्द्रिय सचिव गोपाल प्रसाद भट्टराईले सम्बोधन गरेका थिए ।

भेलालाई सम्बोधन गर्दै उनीहरुले काण्डै–काण्डमा मुछिएर शत्तामा पुग्ने र देश खोक्रो बनाउनेका बिरुद्ध जनता एक जुट हुनुपर्ने बताएका छन् । सुन काण्ड,जग्गा काण्ड,शरणार्थि काण्ड यसरी काण्डै–काण्डको नेतृत्व गर्नेहरुबाट देशले निकास नपाउने भन्दै उनीहरुले सबैखाले विकृतिको नेतृत्व गर्नेलाई जनताले कार्बाही गर्नुपर्ने बताए । शत्तासिन दल र यिनका नेता भ्रष्टाचार र काण्ड गर्नमै तल्लिन रहेकोले देश पनि खाडलमा फसेको आरोप लगाए । नेपालका त्यस्ता दलहरुनै अमेरिकी साम्राज्यवादको दलाल भएको उनीहरुको आरोप छ ।

नेपाललाई प्रयोग गरि अमेरिकी साम्राज्यवादले चीन घेर्ने र ध्वस्त गर्ने योजना बनाएको उनीहरुको जिकिर थियाे । व्यवस्था परिवर्तन भएपनि अवस्था नफेरिदा देश र जनताको हितमा काम हुन नसकेको उनीहरुको धारणा रहेको छ । सरकारले उठाएका भ्रष्ट्राचारका फाइल गायब नगर्न सुझाव दिएका नेताहरुले देशमा टाँट पल्टिएको अर्थतन्त्रलाई लयमा ल्याउन संघियता खारेजीको विकल्प नभएको समेत बताए ।

राजमो वार्डअध्यक्ष चेत नारायण गैरेको अध्यक्षता, उपाध्यक्ष दधिराम आचार्यको स्वागत मन्तव्य र सचिव शुरेस आचार्यको संचालनमा सम्पन्न भेलामा शिक्षक नेता गोपाल आचार्य र जेष्ठ कम्युनिष्ट सदस्य चुरा बहादुर खत्री लगायतको आतिथ्यता रहेको थियो । साथै भेलाको समापन पछि टोलीले हरितालिका तिजको शुभकामना आदान–प्रदान संगै दरखाने कार्यक्रम समेत गरेको थियो ।

No description available.

No description available.No description available.No description available.No description available.No description available.

No description available.

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गोपाल प्रसाद भट्टराई
लेखकको बारेमा

गोपाल प्रसाद भट्टराई

भट्टराई अर्घाखाँची एफएमका स्टेशन म्यानेजर हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?