अर्घाखाँचीमा एक वर्षमा ८१ करोड भन्दा बढि राजस्व संकलन

बुटवल । अर्घाखाँचीमा एक वर्षमा ८१ करोड भन्दा बढि राजस्व संकलन भएको छ । 

आर्थिक वर्ष २०७९/८० मा जिल्लामा ८१ करोड ७९ लाख २३ हजार ५ सय ३९ रुपैयाँ ४३ पैसा राजस्व संकलन भएको कोष तथा लेखा नियन्त्रण कार्यालय अर्घाखाँचीका कोष नियन्त्रक राजु पाण्डेले जानकारी दिए । 

कोष नियन्त्रक राजु पाण्डेका अनुसार आर्थिक वर्ष २०७९/०८० मा जिल्लामा संघीय र प्रादेशिक कार्यालयमा ७० करोड ७४ लाख २८ हजार ३ सय ९८ रुपैयाँ बराबरको राजस्व संकलन भएको छ भने स्थानीय तहमा ११ करोड ४ लाख ९५ हजार १ सय ४१ रुपैयाँ ४३ पैसा बराबरको राजस्व संकलन भएको छ ।

३ नगरपालिका र ३ गाउँपालिकाका गरि ६ वटा स्थानीय तहहरू रहेको अर्घाखाँचीमा आर्थिक वर्ष २०७९/८० मा नगरपालिका तर्फ सबैभन्दा धेरै सन्धिखर्क नगरपालिकाले राजस्व संकलन गरेको छ भने सबैभन्दा कम शितगंगा नगरपालिकाले संकलन गरेको छ । यता गाउँपालिका तर्फ सबैभन्दा धेरै पाणिनि गाउँपालिकाले राजस्व संकलन गरेको छ भने सबैभन्दा कम छत्रदेव गाउँपालिकाले संकलन गरेको छ । 

सन्धिखर्कले आर्थिक वर्ष २०७९/८० मा ३ करोड ८० लाख ८० हजार नौ सय ४२ रुपैयाँ ९४ पैसा राजस्व संकलन गरेको छ भने शितगंगा नगरपालिकाले एक करोड ३६ लाख २० हजार नौ सय नौ रुपैयाँ ४८ पैसा राजस्व संकलन गरेको छ । यता भूमिकास्थान नगरपालिकाले २ करोड १० लाख ९६ हजार ५२ रुपैयाँ  ६५ पैसा राजस्व संकलन गरेको छ ।

यस्तै गाउँपालिका तर्फ  पाणिनि गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा २ करोड २४ लाख ६८ हजार ५१ रुपैयाँ ३२ पैसा राजस्व संकलन गरेको छ भने छत्रदेव गाउँपालिकाले ५४ लाख ४६ हजार ८ सय २४ रुपैयाँ ४० पैसा राजस्व संकलन गरेको छ । यता मालारानी गाउँपालिकाले ९७ लाख ८२ हजार ३ सय ६०  रुपैयाँ ६४ पैसा राजस्व संकलन गरेको कोष तथा लेखा नियन्त्रण कार्यालय अर्घाखाँचीको तथ्यांक रहेको छ । 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?