गुल्मी । गलकोट समाज यूके र बिरकोट कॉडेबास सामाजिक कल्वद्वारा संकलित आर्थिक क्यान्सर पिडितको उपचारार्थको लागिनगद चेक आइतबार ललितपुरमा हस्तान्तरण गरिएको छ ।
गलकोट नगरपालिका वडा नं. ८ काडेवास विरकोट निवासी क्यान्सर पडिपत नानुमाया दर्लामी मगरलाई नगद सहयोग पिडितलाई नगद चेक हस्तान्तरण गरिएको गलकोट समाज यूकेका सल्लाहकार तेजिन्द्र बहादुर बुढाथोकीले जानकारी दिए।
गल्कोट समाज युकेको पहलमा संकलित रू.२ लाख ६८ हजार ५ सय ९६ रूपैयाँ र बिरकोट कॉडेबास सामाजिक कल्व युकेबाट संकलित १लाख ४३ हजार गरि संकलन भएको एकमुष्ट रू.४ लाख ११हजार ५सय ९६ रुपैया सहयोग रकमम गलकोट समाज युकेका निबर्तमान महासचिव बिष्णु चालिसे र गलकोट समाज युकेका सल्लाहकार तेजिन्द्र बहादुर बुढाथोकीद्वारा पिडितलाई नगद चेक सहयोग हस्तान्तरण गरेका थिए ।
लागि अभियानमा सहभागी भएर आर्थिक संकलनमा गलकोट समाज युके, बिरकोट कॉडेबास सामाजिक कल्व युके, लगायत सम्पूर्ण सहयोगी मनहरूप्रति गलकोट समाज युकेका संरक्षक रेशम बुढाथोकीले धेरै धेरै धन्यवाद दिए । साथै भावी दिनहरूमा यस्तै समाजमा रहेका दिन दुःखी र पिडित बिरामीहरुको सेवामा समर्पित भएर सहयोग गरि रहने जानकारी दिए ।
साथै गलकोट समाज यूकेले वआफ्नो जन्मभूमि विभिन्न क्षेत्र अन्तर्गत शिक्षा, स्वास्थ्य, खेलकुद, आगलागी, बाढी पहिरो लगायतका सामाजिक क्षेत्रमा आर्थिक सहयोग पुर्याउदै आइरहेको छ ।













