पाल्पाको मैनादीमा आज सुन्तला महोत्सव

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं। ७ मैनादीमा जिल्लामै पहिलो पटक सुन्तला महोत्सव हुँदैछ । पालिकामै धेरै सुन्तला उत्पादन हुने उक्त स्थानमा आज मंसिर १६ गते एकदिने सुन्तला महोत्सव हुन लागेको हो।

पछिल्ला वर्षहरुमा सुन्तला खेती विस्तार भएसँगै किसानलाई सुन्तलाको विविधीकरण र प्रवर्द्धनका लागि महोत्सव हुन लागेको वडा नं. ७ का अध्यक्ष दान बहादुर कुँवरले बताए । वडा कार्यालयले आयोजना गरेको सुन्तला महोत्सवमा सरोकारवाला निकायले सहयोग गरेको उनले बताए ।

मैनादीसहित यो पालिकाका किसानले अन्य खेती छाडेर पनि सुन्तला खेती गर्दै आएका छन् । बढ्दो उत्पादनबाट धेरै आम्दानी लिनका लागि सुन्तालाको विविधीकरण तथा बजारीकरणमा महोत्सवले सहयोग मिल्ने अपेक्षा गरिएको छ ।

जिल्लामा पहिलो पटक हुन लागेको सुन्तला महोत्सवमा माटो परीक्षण, रोग किरा सम्बन्धी उपचारबारे जानकारी, यान्त्रीकरण लगायतका विषयमा किसानलाई जानकारी पनि दिइने गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले बताए।

यो वर्ष मैनादीका किसानले बोटबाटै ६५ देखि ७० रुपियाँ प्रतिकिलो सुन्तला बिक्री गरिरहेको जनाएका छन् । सिंगो पालिकाबाट यो सिजनमा मात्रै चार करोड बढीको सुन्तला निर्यात हुने अनुमान गरिएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
Online khabar
लेखकको बारेमा

Online khabar

Onlinekhabar देशकाे चर्चित अनलाइन मिडिया हाे ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?