शिक्षा समाज विकासको प्रमुख मेरुदण्ड हाे : अध्यक्ष टेकराज न्यौपाने

अर्घाखाँची । पाणिनी गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले शिक्षा समाज विकासको प्रमुख मेरुदण्ड भएको बताएका छन ।

गाउँपालिकाको वडा न. ७ मा रहेको जनसेवा माध्यमिक विद्यालयमा शुक्रबारबाट शुरु भएको शिक्षण सिकाइ सुदृढीकरणका लागि शिक्षक, विद्यालय प्रतिनिधिको क्षमता विकास र अभिभावक सचेतता सम्बन्धी कार्यशालाको समापन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष न्यौपानेले शिक्षाको समग्र विकासमा शिक्षकको अहम् भूमिका हुने उल्लेख गर्दै त्यसका लागि शिक्षकको कर्तव्य बोधका अतिरिक्त अभिभावक, सामाजिक वातावरण र सही नीतिको समेत आवश्यकता रहेको उल्लेख गरेका छन । शिक्षाको विकासका लागि आएका जुनसुकै योजनामा आफू सकारात्मक रहेको उल्लेख गर्दै त्यसका लागि सरोकारवाला सबैसँग सुझावको अपेक्षा गरेको बताए ।

कार्यक्रममा बोल्दै प्रशिक्षक रोमकान्त घिमिरेले शिक्षाको विकास बिना कुनै क्षेत्रको पनि सफलताको अपेक्षा गर्न नसकिने बताउँदै संसारको सबैभन्दा उत्कृष्ट पेशा शिक्षण पेशा रहेको बताउँदै यसका लागि शिक्षकको सम्मान, पेशालाई जिम्मेवारीको रुपमा लिँदै पेशाप्रति गर्भ गर्दै लगाव राख्न अनुरोध गरेका थिए ।
कार्यक्रमका प्रशिक्षक बासुदेव घिमिरेले सबैभन्दा पवित्र पेशा नै शिक्षण पेशा भएकोले त्यसको मर्यादा राख्न सबैले जिम्मेवारीबोध गर्नुपर्नेमा जोड दिएका थिए । उनले निरन्तरको अभ्यासबाट मात्र सफलता प्राप्त गर्न सकिने उल्लेख गर्दै सकारात्मक सोचका साथ विद्यार्थीलाई सत मार्गमा ल्याउन सकिनेमा विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक शालिकराम बेल्बासेले समय र प्रशिक्षणका लागि प्रशिक्षक तथा अतिथिहरूलाई धन्यवाद दिँदै सिकेका कुरा व्यवहारमा उतार्न प्रयासरत रहने बताएका थिए । भगवती आधारभुत विद्यालयका शिक्षक तिलक बेल्बासेले कार्यशाला सफल भएको भन्दै यस्ता कार्यक्रमको निरन्तरताको अपेक्षा गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक गोविन्द पौडेलले गरेका थिए । कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष कृष्ण प्रसाद घिमिरे , विद्यालयका शिक्षक , व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका सदस्यहरू लगायतको उपस्थित रहेको थियो ।

No description available.

No description available.

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रकाश प्युठानी
लेखकको बारेमा

प्रकाश प्युठानी

प्युठानी पाणिनि पत्रकार समाजका अध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?