आजको मौसम :हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना

समाचार सारांश
Auto Generated by AI
  • नेपालमा अहिले पश्चिमी वायुको आंशिक प्रभावले देशभर आंशिक बदली छ।
  • दिउँसो पहाडी र हिमाली क्षेत्रका साथै लुम्बिनीका केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ।
  • राति तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने पूर्वानुमान गरिएको छ।

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

महाशाखाका अनुसार अहिले देशभर आंशिक बदली रहेको छ। दार्चुला, बझाङ र हुम्लाका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ।

आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै, लुम्बिनी प्रदेशको तराई भूभागका एकदुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

आज राति देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईका साथै उपत्यका र खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?