CYC लघुवित्तले गर्यो मृतकको पुरै कर्जा मिनाहा, किरिया खर्च समेत प्रदान

तेजेन्द्र समशेर पाण्डेय,
अर्घाखाँची । CYC नेपाल लघुवित्त वित्तिय संस्था छत्रगन्जले दुर्घटनाबाट निधन भएकी छत्रदेव गाउँपालिका वडा नम्बर ५ छत्रगन्ज भीरका सदस्य सेती ताम्राकारको ३ लाख कर्जा रकम छुट गरेको छ ।

उनले उक्त लघुवित्तबाट दुई पटक गरि ३ लाख रकम कर्जा लिएको र ६६ हजार रकम बुझाइसकेको लघुवित्त छत्रगन्जका शाखा प्रमुख अजय जिसीले बताए ।

लघुवित्तले सदस्य ताम्राकारको बुझाउन बाँकी करिब २ लाख ३४ हजार रकम तिर्न नपर्ने गरि छुट गरेको छ भने किस्ता बापत उनले बुझाएको ६६ हजार रकम पनि उनकै घरमा पुगेर छत्रदेव गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष बालकृष्ण पोख्रेल सहित केही स्थानीयकाे उपस्थितिमा मृतकको परिवारलाई चेक मार्फत फिर्ता गरेको छ । सो कर्जा रकम लघुवित्तको मृतक बिमा रकम कार्यक्रम अन्तरगत छुट गरिएको लघुवित्तका शाखा प्रमुख जिसीले जानकारी दिए ।

गत असोज १० गते घर नजिकैको पसलबाट सामान किनेर फर्कदै गर्दा उनलाई मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकल ठक्करबाट घाइते भएकी ६१ वर्षीया सेती ताम्राकारको उपचारको क्रममा असोज २२ गते भैरहवा मेडिकल कलेजमा निधन भयको थियो ।

उक्त ६६ हजार रकमसँगै बचत रकम ४२ हजार, किरिया खर्च रकम १२ हजार ५ सय समेत लघुवित्तले पीडित परिवारलाई बुझायो छ । मृतकको परिवारमा उनका श्रीमानसँगै २ छोरा, १ बुहारी, २ छोरी र १ नातिनी गरि ७ जना सदस्य छन ।

रकमको चेक बुझ्दै मृतककी छोरी मन्नु ताम्राकारले गाउँमै खुलेको यो लघुवित्त वास्तवमै नजिकको सहयोगी बनेको आफूलाई महसुस भएको बताइन । रकम फिर्ता कार्यक्रममा सहभागि वडा अध्यक्ष बालकृष्ण पोख्रेलले लघुवित्तले पीडितलाई पीडाको समयमा मलाम लगाउने काम गरेको भन्दै लघुवित्तको टिमलाई धन्यवाद दिए ।

सो लघुवित्तको छत्रगन्ज शाखामा हाल १६५० जना सदस्य र ५ जना कर्मचारीहरू कार्यरत रहेको लघुवित्तका कर्मचारी केशव भुसालले जानकारी दिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?