अर्घाखाँचीमा पर्यटनका विषयमा सरोकारवालासंग अन्तरक्रिया

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा पर्यटन प्रवर्द्धन सम्बन्धी छलफल तथा कार्यक्रम सम्पन्न भएको छ ।

लुम्बिनी प्रदेश सरकारको पर्यटन विकास परिषदले अर्घाखाँचीमा पर्यटनका विषयमा सरोकारवाला निकायका प्रतिनिधिसँग छलफल गरेको हो ।

लुम्बिनी तथा सुपा देउरालीमा आएका पर्यटकहरूलाई जिल्लाका अन्य स्थानमा पुराउनका लागि कसरी सहकार्य गरेर अगाडि बढ्न सकिन्छ भन्ने विषयमा पर्यटन विकास परिषदका कार्यकारी निर्देशक रामु जोशीले छलफल गरेका थिए । उनले लुम्बिनीका अन्य जिल्लाहरूमा आएका पर्यटकलाई जिल्लामा ल्याउन र यसको प्रचारप्रसारमा कसरी काम गर्न सकिन्छ भन्ने विषयमा पनि सरोकारवालाहरूसँग जानकारी लिएका थिए ।

जिल्लामा रहेका अर्घा भगवती मन्दिर, छत्र महाराजको मन्दिर, पाणिनि तपोभूमि, नरसिंह थान, सिद्धेश्वर शिवालय, जंगबहादुर जन्मिएको लामपाटी दरवार, ऐतिहासिक बलकोट पौवा, मालारानी लगायतका स्थानको महत्व, वर्णन तथा ती स्थानमा कसरी पर्यटकहरूलाई भित्राउन सकिन्छ भन्ने विषयमा सहभागीहरूले आ–आफ्नो धारणा राखेका थिए ।

अन्तरक्रियामा राष्ट्रिय भूमि आयोगका अध्यक्ष यादव प्रसाद घिमिरे, अर्घा भगवती मन्दिर संरक्षण समितिका अध्यक्ष सरोज भुसाल, नेपाली कांग्रेसका जिल्ला उपसभापति बाबुराम पौडेल, बलकोट पौवा संरक्षण समितिका अध्यक्ष राजेश कुमार पन्थी, वैकुण्ठ पुरी सङ्ग्राहालयका सञ्चालक नीमबहादुर रिजाल, व्यवसायी नेत्र प्रसाद भुसाल, होटल व्यवसायी संघका अध्यक्ष खेतुलाल उपाध्याय, लोकतान्त्रिक होटल व्यवसायी संघका अध्यक्ष नवराज भण्डारी, चेम्बर अफ कमर्सका कोषाध्यक्ष राम कुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनाल, प्रदेश सदस्य प्रेमनारायण आचार्य, सहसचिव हृदय कुमार भुसाल, कोषाध्यक्ष रुद्रमणि भुसाल लगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
कमला पाेख्रेल
लेखकको बारेमा

कमला पाेख्रेल

पाेख्रेल समाचारपाेष्ट डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?