मलेसियामा नेपालीको हत्या, काठमाडौंमा अनुसन्धान

काठमाडौं । मुलुकी अपराध संहिताले दिएको बहिर्क्षेत्रीय अधिकारको प्रयोग गरेर प्रहरीले मलेसियामा भएको अपराधको नेपालमा अनुसन्धान थालेको छ ।

कुनै नेपालीले मुलुकबाहिर कुनै कसुर गरे उसलाई स्वदेशमै अपराध गरे सरह सजाय हुने व्यवस्था अनुरुप प्रहरीले मलेसियामा भएको झापाका धनबहादुर प्रधानको हत्याबारे अनुसन्धान थालेको हो ।

पीडित परिवारले जिल्ला प्रहरी परिसर, काठमाडौंमा दिएको किटानी जाहेरीका आधारमा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) र मलेसियास्थित नेपाली दूतावाससँग समन्वय गरेर अनुसन्धान थालेको एसएसपी भुपेन्द्र खत्रीले बताए ।

पीडितले २५ मंसिरमा प्रधानको हत्या गरेर आरोपी अनिलकुमार शाह नेपाल आउँदै गरेको सूचना दिएका थिए । त्यो सूचनाका आधारमा शाहलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख खत्रीले बताए ।

‘एउटै कम्पनीमा काम गर्ने शाहले प्रधानको हत्या गरेर फरार रहेछन्, उनी मलेसियास्थित दूतावासमा आफ्नो पासपोर्ट हराएको भन्दै ट्राभल डकुमेन्ट बनाउन गएका रहेछन्’, खत्रीले भने, ‘त्यो सूचना पाएपछि उनी नेपाल आउनसक्छन् भनेर टोली परिचालित थियो ।’

त्यसक्रममा हुलिया बदलेर ३० मंंसिरमा हुलिया बदलेर हिमालयन एयरलाइन्सबाट नेपाल आउँदै गरेको सूचना पाएपछि विमानस्थलबाटै शाहलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

पक्राउ परेपछि शाहले आफूमाथि लागेको आरोप समेत स्वीकारेको प्रहरीले जनाएको छ । ‘सामान्य झगडा हुँदा दुई/चार मुक्का हानेको भनेर बयान दिएका छन्’, एसएसपी खत्रीले भने, ‘त्यसक्रममा चौधरीको मृत्यु भएको छ ।’ इन्टरपोल मलेसियालाई लिखित पत्राचार गरेर अनुसन्धानका सम्बन्धमा विवरण उपलब्ध गराइदिन भनिसकिएको समेत उनले बताए ।

‘हामीलाई प्राप्त पोष्टमार्टमको रिपोर्टमा पनि ‘डेथ ड्यू टु ब्लन्ट इज्यूरी’ भनिएको छ’, उनले भने, ‘बयान र अरु विवरण पनि मिलेका छन्, थप अनुसन्धान गरिरहेका छौं ।’ विदेशमा भएको अपराधमा अनुसन्धान भएको यो नै सम्भवतः पहिलो घटना भएको उनले बताए ।

२०७४ सालमा जारी भएको मुलुकी अपराध संहिताले नेपाली नागरिक वा अन्य कसैले नेपालबाहिर कुनै नेपाली नागरिकविरुद्ध ज्यान लिने वा हत्या प्रयास गरे, अपहरण, जबरजस्ती करणी, संगठित अपराध, खाद्य पदार्थ वा औषधि मिलावट गरे नेपालभित्र नै त्यस्तो कसूर गरे सरह सजाय हुने व्यवस्था गरेको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
Online khabar
लेखकको बारेमा

Online khabar

Onlinekhabar देशकाे चर्चित अनलाइन मिडिया हाे ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?