राष्ट्रिय सभा निर्वाचन : लुम्बिनी प्रदेशमा २ सिटका लागि ७ जनाको उम्मेद्वारी

बुटवल । राष्ट्रिय सभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा २ सिटका लागि ७ जनाको उम्मेद्वारी दर्ता भएको छ ।

निर्वाचन आयोगका अनुसार लुम्बिनी प्रदेशबाट ३ जना महिला र अन्यमा ४ जनासहित ७ जनाको उम्मेदवारी परेको हो । महिलामा एमालेकी तुलसा कुमारी, नेपाली कांग्रेसका विष्णुकुमारी सापकोटा र राप्रपाकी विजयलक्ष्मी सिंहले उम्मेदवारी दर्ता गराएका छन् । केसी दाङ, सापकोटा गुल्मी र सिंह कपिलवस्तु जिल्लाका हुन् ।

अर्को एक सिटका लागि जनमत पार्टीका बालगोविन्द चौधरी, एमालेका झपेन्द्र बहादुर जिसी, राप्रपाका निरञ्जन थापा र माओवादीका झक्कुप्रसाद सुवेदीको उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी दर्ता गराउने जनमतका चौधरी नवलपरासीका हुन् भने जिसी पाल्पा, थापा रूपन्देही र सुवेदी रोल्पाका हुन् । 

माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सात वटै प्रदेशबाट १९ वटा सिटको लागि ५२ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको हो। 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?