पाल्पामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

पाल्पा । पाल्पामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी कुवेर कडायतका अनुसार, तिनाउ गाउँपालिका–६, चिदीसमा लु १ ज २३७१ नम्बरको जीप पौने ५ बजेतिर दुर्घटना हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको हो ।

अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रमुख एसपी हेरम्ब शर्मासहितको टोली पुगेको छ । डुम्रेबाट चिदिसतर्फ जाँदै गरेको जीप सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको डीआईजी कडायतले बताए ।

दुर्घटनाको कारण खुलेको छैन । प्रहरीका अनुसार, जीपमा १५ जना यात्रु सवार रहेको सूचना छ ।

तिनाउ गाउँपालिका–६ का वडाध्यक्ष टोमबहादुर पुनका अनुसार, दुर्घटनामा घाइतेहरुको उद्धार कार्य जारी छ । उद्धार गरिएकाहरुलाई लुम्बिनी मेडिकल कलेज पठाइएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
Online khabar
लेखकको बारेमा

Online khabar

Onlinekhabar देशकाे चर्चित अनलाइन मिडिया हाे ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?