नेपालमा लगानी गर्न ग्रीनजो इनर्जी इन्डियाको चासो

हरित हाइड्रोजनलाई चाहिने इलेक्ट्रोलाइजर बजारमा

नेपालको हाइड्रोजन सम्भावनालाई साकार बनाउन प्रस्ताव गरेको भारतको ग्रीनजो इनर्जी इन्डिया लिमिटेडले अल्कलाइन इलेक्ट्रोलाइजर बजारमा ल्याउन सुरु गरेको छ ।

शतप्रतिशत भारतमै बनेको प्रविधिलाई उसले व्यवसायीकता प्रदान गरेको हो । मेक इन इन्डिया पहल अन्तर्गत ग्रीनजो इनर्जी इन्डियाले काम जारी राखेको छ । हालैमात्र ग्रीनजो इनर्जी इन्डिया लिमिटेडले १ मेगावाट क्षमताको अल्कलाइन इलेक्ट्रोलाइजरको व्यावसायिक उपलब्धता सुरु गरेको हो ।

भारतमा पूर्ण रूपमा तयार गरिएको यो अत्याधुनिक प्रविधिले दिगो ऊर्जामा महत्वपूर्ण योगदान दिएको छ ।

के हो इलेक्ट्रोलाइजर ?

इलेक्ट्रोलाइजर यस्तो मेसिन हो, जसले पानीबाट प्रशोधन गर्दै विद्युतीय प्रवाहको प्रयोगबाट पानीलाई हाइड्रोजन र अक्सिजनमा विभाजित गर्दछ । नवीकरणीय ऊर्जा वा कार्बन मुक्त बिजुली स्रोतको प्रयोग गरी उत्पादित ग्यासमा कार्बन फुटप्रिन्ट शून्य हुन्छ, उक्त ग्यास नै हरित हाइड्रोजन हो ।

ग्रीनजो इन्डियाले अहिले यही इलेक्ट्रोलाइजर उत्पादन गर्दै हरित हाइड्रोजन बनाउन योगदान दिएको छ । २५० मेगावाटको प्लान्ट क्षमताका साथ, ग्रीनजोको इलेक्ट्रोलाइजर ऊर्जा उत्पादनका क्षेत्रमा महत्व सावित भएको छ । उर्जाको दिगोपनका लागि पनि यो विशेष मानिएको छ । भारतमै बनाइएकाले अल्काइन इलेक्ट्रोलाइजर नेपाल जस्ता मुलुकका लागि सस्तो र सरल बन्न सक्छ ।

ग्रीनजो इनर्जी इन्डिया लिमिटेडले हरित हाइड्रोजन उत्पादनका लागि अत्याधुनिक इलेक्ट्रोलाइजर उत्पादन गर्नमा आफूलाई अगुवा बनाएको छ ।

नवप्रवर्तनप्रति आफ्नो प्रतिबद्धतालाई थप विस्तार गर्दै, ग्रीनजो इनर्जी इन्डिया लिमिटेडले सानन्द, औद्योगिक क्षेत्र, जीआईडीसी अहमदाबाद, गुजरात, भारतमा रहेको कारखानाबाट काम गरिरहेको छ । कम्पनीले क्षरीय–आधारित प्रविधिको ६ मेगावाट एकल स्ट्याक उत्पादन गर्ने योजना घोषणा गरेको छ । यो विस्तारले दिगो ऊर्जाको बढ्दो माग पूरा गर्न स्केलेबल समाधानहरूको कम्पनीको अथक खोजलाई प्रष्ट पारेको छ ।

ग्रीनजो इनर्जी इन्डिया लिमिटेडले विश्वव्यापी स्तरमा प्रगति र दिगोपनलाई अगाडि बढाउँदै स्वच्छ ऊर्जा प्रविधिमा विशिष्ठता हासिल गर्दै छ । उसले अब नेपालको हरित हाइड्रोजनमा टेवा दिन चाहेको छ । सरकारले आगामी लगानी सम्मेलनमा स्थान दिए नेपालमा यो क्षेत्रमा लगानीका लागि आतुर रहेको प्रष्ट्याएको छ ।

यो कम्पनीका प्रबन्ध निर्देशक सन्दीप अग्रवालले नेपालको हरित हाइड्रोजनमा लगानी गर्न आतुर रहेको जानकारी दिए । उनले सस्तो र सुलभ तरिकामा नेपालमा अत्याधिक हरित हाइड्रोजन उत्पाद गर्न सकिने बताए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?