सुनको सिक्री नदिँदा टुट्यो बिहे, बेहुलासहित ६ जना पक्राउ

पर्साको वीरगञ्जमा दुलही पक्षले विवाहमा सुनको सिक्री नदिँदा भएको विवादले स्वयंवर भइसकेको विवाह टुटेको छ।

वीरगञ्ज महानगरपालिका—२४ स्थित रानीघाटका सुखल साहकी छोरी रमिता र बाराको कलैया उपमहानगरपालिका ४ का २६ वर्षीय उमेश साहको विवाह थियो। विवाहमा ‘पैरक्षण’ विधिको क्रममा दुलही पक्षले दुलाहालाई सिक्री नदिँदा भनाभन भएको थियो। त्यसै विवादले विवाह टुटेको हो।

विवादको क्रममा हात हालाहाल समेत भएको एक स्थानीयले बताए।

घटनापछि स्थानीय प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले तत्काल दुलाहा पक्षका ६ जनालाई नियन्त्रणमा लिएको थियो।

दुलाहा पक्षले दाइजो नदिँदा विवाह तोडेको भन्दै दुलही पक्षको मौखिक उजुरीपछि घटनामा प्रहरीले दुलाहासहित ६ जनालाई पक्राउ गरेको रिपोर्टिङ आएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता कुमार विक्रम थापाले बताए।

उनका अनुसार दुलही पक्षले जाहेरी लिएर जिल्ला प्रहरी कार्यालयमा आउँदैछन्।

बेहुला उमेश वीरगंज महानगरको स्वास्थ्य शाखामा कम्प्युटर अपरेटरको रूपमा कार्यरत छन्। बेहुली रमिता समेत वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा करारमा जागिर गरिरहेकी छन्। दुबै जना केही वर्षदेखि प्रेम समबन्धमा थिए। पछि दुबै परिवार मागी विवाह गर्न तयार भएका थिए। दुबै पक्षका परिवारका केही व्यक्तिको असन्तुष्टिकाबीच करिब एक वर्षअघि नै विवाह टुंगो लागेको थियो।

धुमधामका साथ विवाह गर्न उमेश बेहुलीको घर पुगे।

‘विवाहमा गाडीबाट उत्रिँदा बेहुलालाई बोकेर स्वयंवर हुने ठाउँसम्म पुर्याउनेपर्ने रहेछ। तर १० मिनेट जति पर्खिंदा पनि बोकेर कसैले लगेन। त्यसले त्यहीँबेला बेहुला रिसाएछन्,’ एक प्रत्यक्षदर्शीले भने, ‘त्यसले पनि स्वयंवरका बेला केही भनाभन भयो र केटा पक्षका मान्छेले कसैले हातपात गरिदिए। रिसको झोंकमा बेहुलाले यो विवाह हुन्न भने तर पछि दुबै पक्षका मान्छेले विवाद थामथुम पारेछन्।’

विवाद साम्य भएपछि बरमाला लागयतका रसम सम्पन्न भयो। त्यसपछि पैरक्षण विधिका लागि दुलाहा पक्षका परिवार र दुलही पक्षका परिवारबीच जमघट भयो।

‘पैरक्षणमा सगुन स्वरूप बेहुलाले गहनाहरू ल्याउनुपर्ने रहेछ तर त्यताबाट एउटा मात्रै ढोलना भन्ने गहना राखियो। केटी पक्षले त्यसले असन्तुष्ट भए,’ नाम नखुलाउन चाहेका ती प्रत्यक्षदर्शीले थपे, ‘केटी पक्षले ढोलना पनि चाहिँदैन यतिकै बिहे हुन्छ भन्दियो। त्यहीँ बीचमा महिलाले गीतमार्फत् गाली गर्ने चलन छ। गाली गर्ने क्रममा सायद ती प्रसंग पनि उठेछन् अनि विवाद चर्कियो र विवाह रोकियो। सबै रसम पूरा भएर सिन्दुरदान मात्रै बाँकी थियो तै पनि विवाह टुट्यो।’

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?