अर्घाखाँची : पाणिनिको धातिवाङ्गमा वृहत् लोकभजन प्रतियोगिता हुने

अर्घाखाँची । पाणिनिको धातिवाङ्गमा खुला लोकभजन प्रतियोगिता हुने भएको छ । पाणिनि गाउँपालिका वडा नं. ६ को आयोजनामा यहि २०८१ साल बैशाख १ गतेका दिन उक्त कार्यक्रम हुन लागेको हो ।

“स्थानीय संस्कृति जगेर्नाका लागि लोक संस्कृति प्रवर्द्धन कार्यक्रम” अन्तर्गत यस कार्यालयद्वारा ‘लोक संस्कृति जगेर्नाको लागि स्थानीय तहको भूमिका’ शीर्षकमा खुला लोक भजन प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रम पाणिनिको वडा न. ६ मा रहेको धार्मिक तथा पर्यटकीय स्थल सिद्धेश्वर गुफामा आयोजना गरिएको सूचनामा उल्लेख छ ।

लोक संस्कृतिको संरक्षण एवं सम्बर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा संस्कृतिप्रेमी महानुभावहरुलाइ उपस्थितिको लागि आयोजकले विशेष आग्रह गरेको छ । प्रतियोगितामा प्रथम पुरस्कार १५ हजार द्धितिय पुरस्कार १२ हजार, तृतीय पुरस्कार ८ हजार र शान्त्वना पुरस्कार ४ हजार र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनन्त प्रसाद घिमिरे
लेखकको बारेमा

अनन्त प्रसाद घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमका भाषा सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?