नेपाल उत्पीडित जातीय मुक्ति समाज लुम्बिनी प्रदेश कमिटीको भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

बुटवल । नेपाल उत्पीडित जातीय मुक्ति समाज लुम्बिनी प्रदेश कमिटीको आयोजनामा पुष्पलाल स्मृति भवन सुख्खानगरमा नववर्ष २०८१ को अवसरमा शुभकामना आदानप्रदान संगठनको विस्तारित बैठक तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ। 

कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय सचिव तथा पूर्व मन्त्री छविलाल विश्वकर्माले परिवर्तनबाट प्राप्त भएका उपलब्धीहरूलाई जोगाउनको लागि अत्यन्तै सजगता साथ मुक्ति समाजका साथीहरूले अगुवाइ गरेर नयाँ उचाइमा पुराने जिम्मेवारी मुक्ति समाजका कमरेडहरूको काँधमा आएको बताएका छन्। यो लोकतन्त्र गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता हामी जस्तो पिछडिए बर्गको लागि चाहिएको र दलित मुक्ति आन्दोलनले नेपालको राजनीतिक परिवेशमा ठुलो योगदान रहेको उनको जिकिर रहेको थियो। 

नेकपा एमाले पोलिटब्युरो सदस्य दधिराम न्यौपानेले कार्यक्रममा बोल्दै मुक्ति समाजको काम समाज रूपान्तरणको लागि अत्यन्तै ठुलो भूमिका रहेको र जातीय कुरामा अल्झिन नहुने बताए।  

नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले पाटी अब नयाँ गतिले अगाडि बढ्न थालेकोले मिसन ८४ लाई देशको पहिलो पाटी बनाउन मुक्ति समाजको ठुलो भूमिका रहने भएकाले सम्पूर्ण कमरेडलाई हातमा हात मिलाएर संगठनको जिम्मेवारीमा लाग्न अनुरोध गरे।

मुक्ति समाजका केन्द्रिय उपाध्यक्ष नन्द विश्वकर्माले कार्यक्रममा  बोल्दै दलित मुक्ति संगठन भोटर उत्पादन गर्यौ तर कार्यकर्ता उत्पादन गर्न नसक्दा अहिले सङ्गठनमा कार्यकर्ताको खडेरी पर्न थालेको र पाटीले मिसन ८४ मा पनि देखा पर्न सक्ने हुनाले मुक्ति समाजको तर्फबाट हरेक क्षेत्रमा आआफ्नो तर्फबाट सचेतता पूर्वक लागेर पाटीलाई पहिलो बनाउन लाग्न पर्ने बताए । 

नेपाल उत्पीडित जातीय मुक्ति समाज लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष कृष्ण विश्वकर्माले  तिन महिने अभियान चलिरहेको सो अवसरमा सम्पूर्ण कमरेडहरूलाई सफल बनाउन आफ्नो ठाउँबाट लाग्न अनुरोध गर्नुका साथै मुक्ति समाजको जिल्ला अधिवेशनलाई पनि सम्पन्न गर्न सम्पूर्णलाई आग्रह गरेका थिए। 

कार्यक्रमको स्वागत उपाध्यक्ष पुरन विश्वकर्मालेसञ्चालन सागर परियारले गरेका थिए।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?