लुम्बिनी प्रदेश समन्वय परिषद कतार अधिवेशनको तिव्र तयारीमा

दोहा, कतार : “ हामी परदेशिको चाहना ,समृद्ध प्रदेश हाम्रो कामना ” भन्ने मूल नाराका साथ सन् २०१८ मा कतारमा स्थापित लुम्बिनी प्रदेश समन्वय परिषद कतारको तेस्रो अधिवेशन यहि आउँदो शुक्रबार न्यु सलाता स्थित कतार च्यारिटीको हलमा हुने भएको छ ।

लुम्बिनी प्रदेशको विभिन्न जिल्लाबाट कतारलाई कर्मभुमी बनाएर बस्नु भएका सम्पुर्ण लुम्बिनी प्रदेश वासि दाजुभाइ तथा दिदीबहिनीहरूलाई एकत्रित गर्दै प्रदेश वासिहरुलाई आइपर्ने समस्याहरुमा मल्हम बन्ने पवित्र उद्देश्यका साथ संस्था स्थापना गरिएको बताउँदै अधिवेशनलाई सफल बनाइदिनका लागि समितिका अध्यक्ष बुद्ध पाण्डेले दोहाबासी सम्पुर्णमा आग्रह गरेका छन् l समाचार पोस्ट सङ्ग कुरा गर्दै पाण्डेले उक्त अधिवेशनबाट आगामी एक कार्यकालका लागि चुस्त दुरुस्त नयाँ कार्यसमिति चयन हुने बताएका छन् l

अधिवेशन शुक्रबार बिहान ९ बजेबाट शुरु हुनेछ । समितिका वरिष्ठ उपाध्यक्ष डिल्लीराम भट्टराईले कार्यक्रममा गैर आवासीय राष्ट्रिय समन्वय परिषद कतार लगायत कतारमा स्थापित सम्पुर्ण जिल्ला , प्रदेश, जातीय,वर्गिय , वैचारिक संगठन एवम् सामाजिक संघ संस्थाहरु, समाजसेवी, सामाजिक अभियन्ताहरू, पत्रकारहरू, व्यवसायी लगायतलाई पत्राचार गरिएको बताउँदै कतारमा रहेका सम्पुर्ण नेपालीहरूलाई अधिवेशनलाई भव्यताका साथ सफल पारिदिनका लागि आग्रह समेत गरेका छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
सन्ध्या अर्याल
लेखकको बारेमा

सन्ध्या अर्याल

अर्याल समाचारपोष्ट डटकमकी कतार ब्युरो प्रमुख हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?