“सूचनाको चलखेल र लोकतन्त्र” विषयक वक्तृत्वकला प्रतियोगिता

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नं. ९ ढिकुराको शारदा मा.विमा सूचनाको चलखेल र लोकतन्त्र विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

आफैंबाट सुरु गरौं, मिथ्या सूचना अन्त्य गरौं भन्ने नाराका साथ सम्पन्न भएको वक्तृत्वकला प्रतियोगितामा बोल्ने प्रतिस्पर्धी सहभागी विद्यार्थीहरुले सुचनाको चल खेल सामाजिक संजालमा पर्याप्त मात्रमा देखीने भएकोले यस्ता मिथ्या सूचना फैलिनबाट रोक्ने उपाय, मिथ्या सूचना फैलिन नदिन युवा,विद्यार्थीले गर्नुपर्ने भुमिका लगायतका विषय प्रस्तुत गरेका थिए ।

प्रतिस्पर्धीबाट प्रथम स्थान हासिल गरेकी विद्यार्थी कोपिला घिमिरेले अहिलेको समयमा गलत र तथ्यहिन सुचनाहरु प्रकाशन तथा प्रसारण गर्नाले समाजमा विभिन्न किसिमका विकृतिहरु फैलिरहेको छ जस्ले गर्दा अविश्वास, भ्रम र गलत निर्णय लिने जस्ता समस्याहरु सिर्जना भैरहेकोले लोकतन्त्रको परिभाषामा खलल पुगेको छ यसलाई न्यूनिकरण गर्नको लागी हामी आफै लाग्नु पर्ने बताएकी थिइन ।

सुचना जति भरपर्दो र प्रभावकारी हुन्छ त्यतिनै लोकतन्त्र बलियो हुने भएको ले सहि सुचना लिनको लागी हामी आफै लाग्नु पर्ने बताएकी थिइन यस्तै अर्घाखाँची डटकमका केशव पन्थीले सामाजिक संजाल प्रयोगकर्ताहरुले गलत, भ्रामक,तथ्यहिन सुचना तथा समाचार संप्रेषण गर्नाले आम पत्रकारिता जगतमै चुनौति थपिएको भन्दै छिटो सुचना दिने, धेरै सेयर र भ्युज पाउने आशमा धेरै संजाल प्रयोगकर्ताले आधारहिन सुचनालाई प्राथमिकता दिएकाले सामाजिक संजालमा आएका समाचारलाई मात्र विश्वास नगर्न अग्रह गरेका थिए ।

साथै सुचनाको चलखेल र लोकतन्त्र विषयक वक्तृत्वकला प्रतियोगिता कार्यक्रमले विद्यार्थीलाई समेत सचेत हुन र विद्यार्थीको अन्तरनिहीत क्षमतालाई प्रस्फुटन गर्न, अध्ययन गर्ने बानीको विकास सगै आम जनमानसमा सचेतना फैलाउन महत्वपूर्ण भुमिका खेलेको प्र.अ विष्णु अधिकारी बताएकी थिइन ।

कार्यक्रममा विद्यालयका सहायक प्रअ नवराज अधिकारीको अध्यक्षमा अतिथिहरु लोकराज अधिकारी,बावु्राम चुदाली,कृष्ण प्रसाद भट्टराई, विजयराज पौडे्ल लगायकको उपस्थिती रहेकोे थियो । प्रतियोगितामा ११ जना प्रतिस्पर्धी मध्ये कोपिला घिमिरे प्रथम, सपना वि.क द्वितीय र छायाँ बरम्ले तृतीय भएका थिए ।

उनिहरुलाई नगद र प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो । कार्यक्रम इन्टरनेशनल रिपब्लिकन इन्स्टिच्युटको सहयोग र सागर परियारको सहजीकरणमा सम्पन्न भएको थियो ।

spot_img
[reaction_buttons_post]
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?