उत्कृष्ट बलिङको सहायतामा किमडाँडा एपिएल क्रिकेटको फाइनलमा 

अर्घाखाँची । अर्घाखाँचीमा जारी एपिएल क्रिकेटमा सौजन्य समाज किमडाँडा फाइनल प्रवेश गरेको छ । सुपर सुपा ईलाभेनलाई ९ विकेटले पराजित गर्दै किमडाँडा फाइनल प्रवेश गरेको हो ।

बलरहरुको घातक बलिङ र कसिलो फिल्डिङ्गको सहायतामा किमडाँडाले सुपर सुपालाई ४३ रनमै रोक्न सफल भयो । किमडाँडाका सरोज खत्रीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए । यस्तै शुभम खनालले ३ ओभर गर्दै महत्वपूर्ण ३ विकेट हात पारे भने बाबुराम थापाले २ र निखिल केसीले १ विकेट लिएका थिए । सुपर सुपाका शुसिल भुसालले बाहेक अन्य खेलाडीले दोहोरो अङ्क बनाउन सकेनन् ।

४४ रनको सामान्य लक्ष्य पाएको किमडाँडाले ६ दशमलव २ ओभरमा १ विकेटको क्षतिमा जित हासिल गर्यो । विशेष भाटको २३ र सरोज खत्रीको २० रनको मद्दतमा किमडाँडा फाइनल प्रवेश गरेको हो ।

यसअघि भएको पहिलो खेलमा अपराजित यात्रा कायम राखेकाे रोयल सन्धिखर्कले ईलाभेन ब्रदर्श डिभर्नालाई ७ विकेटले पराजित गर्यो । भोलि शनिवार रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा उपाधिका लागि भिड्ने छन् । बिहान ११ बजे टुँडिखेल मैदानमा यी दुई टोलीबीच फाइनल खेल हुनेछ ।

एपिएलका सम्पूर्ण खेलहरु एवान टेलिभिजन र ट्रेन्डिङ्गखवरबाट प्रत्यक्ष प्रसारण हुँदै आईरहेका छन् भने क्रिकहिरोज डटकमबाट बल बाई बलको लाइभ अपडेट गरिएको छ ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
बिष्णु खनाल
लेखकको बारेमा

बिष्णु खनाल

लामाे समयदेखि पत्रकारीता गर्दै आएका खनाल समाचारपाेष्ट डटकमका स‌ंवाददाता हुन्  ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?