पीएम कप क्रिकेट : मधेशलाई हराउँदै बाग्मती ‘सुपर–फोर’ मा

काठमाण्डाै । मधेश प्रदेशलाई ७ विकेटले हराउँदै बाग्मती प्रदेश प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको ‘सुपर–फोर’ मा पुगेकाे छ ।

मधेशले दिएको ४१ रनको लक्ष्य बाग्मतीले ८० बलअघि नै ३ विकेट गुमाएर भेटायो । बाग्मतीकी यशु पाण्डेले १९ रन बनाइन् । मधेशकी रोजु कडरियाले २ विकेट लिइन् ।

यसअघि धनगढीकाे फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको मधेश १५ ओभर ५ बलमा ४० रनमा अलआउट भयो । मधेशका कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बाग्मतीकी कञ्चन श्रेष्ठले ४ विकेट लिइन् ।

योसँगै ‘सुपर–फोर’ समीकरण पूरा भएको छ । समूह ‘बी’ बाट त्रिभुवन आर्मी क्लब पनि ‘सुपर–फाेर’ मा पुगेकाे छ । समूह ‘ए’ बाट सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश ‘सुपर–फोर’ मा पुगेका छन् ।

‘सुपर–फोर’ मा एक समूहको टोलीले अर्काे समूहको टोलीसँग खेल्नेछन् । ‘सुपर–फोर’ मा शीर्ष दुईमा रहने टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । फाइनल खेल आउँदो शनिवार हुनेछ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?