जन्म दिनमा विद्यार्थीलाई न्यानाे कपडा र शैक्षिक सामाग्री वितरण

अर्घाखाँचीकाे सन्धिखर्क निवासी  नेत्र भुसालले आफ्नो तथा आमाको जन्मदिनमा विद्यार्थीलाई न्यानाे कपडा र शैक्षिक सामाग्री वितरण गर्नु भएको छ ।
सामुदायिक विद्यालयमा अध्ययनरत  विद्यार्थीहरुको शैक्षिक विकासमा टेवा पुऱ्याउने उद्देश्यले  सन्धिखर्क नगरपालिका वडा नम्वर २, घोचेखोला निवासी टिकटकर नेत्र भुसाल र  उहाँको आमा कमला भुसालको जन्मदिनको अवसरमा ६६ जना विद्यार्थीलाई ट्याकसुट र शैक्षिक सामाग्री वितरण गर्नु भएको हाे ।

सन्धिखर्क ८ किमडाडामा रहेको  जनशान्ती आधारभूत विद्यालयमा अध्ययनरत ६६ जना विद्यार्थीहरुलाई  प्रति विद्यार्थी १ सेट ट्रयाक सुट, १ थान टिफिन बक्स, १० थान कापी र १ प्याकेट पेन्सिल वितरण गरेको विद्यालयका शिक्षक दिपक श्रेष्ठले बताउनु भएको छ ।
६६ जना विद्यार्थीहरुलाई  खाजाको समेत ब्यवस्थापन गरेकाेमा विद्यालयले सुस्वास्थ्य एवं दीर्घायुको कामना गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  नेत्र बहादुर थापाको अध्यक्षता र शिक्षक दिपक श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको कपडा तथा शैक्षिक सामाग्री वितरण कार्यक्रममा सन्धिखर्क  वडा नम्बर ८ का अध्यक्ष हुम प्रसाद बञ्जाडे,  सहयोगि दाता कमला भुसाल,नेत्र भुसाल, प्रधनाध्यापक निर्मला भुसाल लगायतको उपस्थितिमा सामग्री वितरण गरेका हुन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
कमला पाेख्रेल
लेखकको बारेमा

कमला पाेख्रेल

पाेख्रेल समाचारपाेष्ट डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?