शारदा मावी गैरागोठको ६५ औं वार्षिकोत्सव सम्पन्न

अर्घाखाँची । भुमिकास्थान ९, ढिकुराको शारदा माध्यमिक विद्यालयले आफ्नो ६५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । एक भव्य समारोहको आयोजना गरेर विद्यालयले वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले शिक्षा बिनाको भौतिक विकासको कुनै अर्थ नहरने भएकाले गुणस्तरिय शिक्षा आजको मुख्य आवश्यकता रहेको बताइन । बालबालिकाहरुलाई उचित शिक्षा दिनु राज्यको दायित्व पनि भएकाले समयानुकुल र प्रयोगात्मक शिक्षामा जोड दिनु पर्ने बताइन् ।

विद्यालयको पुर्व विद्यार्थीसमेत रहकि भएका उपाध्यक्ष घिमिरेले बसाईसराई लगायतका कारणले सामुदायिक विद्यालयहरुको अवस्था खस्किदो भएकाले राज्यले यसमा ध्यान पुर्याउनुपर्ने बताइन् । गाँउघर रित्तिदै जानु चिन्ताको बिषय भएको भन्दै उहाँले तिनै तहका सरकार गम्भीर बन्नु पर्ने बताइन् ।

कार्यक्रममा प्रतिनिधी सभा सदस्य बिजुला रायमाझी, प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे, नगर उपप्रमुख झविलाल बन्जाडे, शिक्षा शाखा प्रमुख तुवलाल सापकोटा, भगवती माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण खनाल, नेपाल पत्रकार महासंघका सचिव तथा पुर्व विद्यार्थी लक्ष्मण घिमिरे, पुर्व शिक्षक चुरामणी आचार्य, संस्थापक कृष्ण पोखरेल, अक्षयकोष दाता बिष्णु भट्टराई, ढिकुरा समाज रुपन्देहीका अध्यक्ष कृष्ण प्रसाद मरासिनि, पुर्व विद्यार्थी ढुंडिराज भट्टराई लगायतले मन्तव्य राखेका थिए ।

विद्यालयको वार्षिक आयव्यय प्रतिवेदन प्रधानाध्यापक बिष्णु अधिकारीले प्रस्तुत गरेका थिए । दिवसकै अवसर पारेर विभिन्न विधाका पुरस्कार समेत वितरण गरिएको विद्यालयका लेखापाल अर्जुन पोख्रेलले बताए । समारोहमा नृत्य तथा भजन समेत प्रस्तुत गरिएको थियो ।

दिवसकै अवसर पारेर मोती भट्टराई, राममणी भट्टराई, बिष्णु भट्टराईले आफ्ना मातापिताको सम्झनामा १ लाख ५ हजार ५५५ रुपैंया तथा नरेश पोख्रेलले आफ्नो मातापिताको सम्झनामा ५१ हजार १०० रुपैंयाको अक्षयकोष स्थापना गरेका छन ।

कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोती भट्टराईको अध्यक्षता, शिक्षक बाबुराम चुदालीको स्वागत मन्तव्य तथा नवराज अधिकारीको सञ्चालनमा सम्पन्न भएको हो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?