मौसममा पूर्ण सुधार, अब तत्काल पानी नपर्ने

काठमाण्डौ । आजदेखि मौसममा पूर्ण सुधार आएको छ । काठमाण्डौ उपत्यकासहित देशका सबैजसो ठाउँमा घाम लागेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । अब तत्काल पानी पर्ने सम्भावना पनि नरहेको महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलले बताइन ।

प्रि–मनसुन शुरू भइसकेकाले अबका दिनमा हावाहुरी र चट्याङको जोखिम हुन्छ । घरको छानालाई सुरक्षित बनाउन, चट्याङको जोखिमबाट जोगिने उपायहरु अपनाउन पनि उनको सुझाव छ ।

हिउँद सुक्खा भएर बित्नै आँटेका बेला गएको तीन दिन देशका धेरै ठाउँमा वर्षा र हिमपात भयो । पहाडका त धेरैजसो ठाउँमा नै पानी पर्यो । त्यस्तै उच्च क्षेत्रमा हिमपात हुँदा किसान उत्साहित भएका छन् ।

यो हिउँदमा लामो समयसम्म पानी नपर्दा खडेरीले हिउँदे बाली सुक्न लागेका थिए । वर्षा र हिमपात भएका ठाउँमा विशेषगरी गहुँ, जौ, उवालगायतका अन्नबाली, तरकारी/फलफूललाई थोरै भए पनि राहत पुगेको कृषि विज्ञ बताउँछन् ।

ढिलोगरी वर्षासँगै भएको हिमपातले आकाशे पानीको पर्खाइमा रहेका किसान पनि खुशी भएका छन् । जहाँ सिँचाइको अभाव छ, ती क्षेत्रमा राहत पुगेको छ ।

स्याउ र ओखरका बिरुवा रोप्न हिमपातका कारण सहज भएको कृषि विकास कार्यालय जुम्लाका सूचना अधिकारी दीपकसिंह धामीले बताए ।

त्यस्तै अहिले चैते धानबाली, वसन्ते मकैजस्ता बालीको पनि तयारी गर्ने बेला हो । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमालका अनुसार वर्षा र हिमपातले जमिन भिजेको हुँदा थोरै भए पनि किसानलाई राहत भएको छ । अब जमिन चिसो भएकाले वसन्ते मकै, तरकारी र फलफूलको तयारी गर्न उनको सल्लाह छ ।

तत्काल पानी पर्ने सम्भावना नरहेकाले यही चिस्यानको सदुपयोग गर्न उहाँको सुझाव छ । पछिसम्म सिँचाइ आवश्यक पर्ने हिमाली क्षेत्रका किसानले हिउँ सङ्कलन गरी राख्न सक्ने केन्द्रका प्राविधिक अधिकृत रिमालले बताए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?