सेयर बजारमा लगातार छैटौँ दिन गिरावट, कारोबार पनि घट्यो

काठमाडौँ । सेयर बजार परिसूचक (नेप्से) आज छैटौँ दिन पनि घटेको छ । अघिल्लो हप्तादेखि घट्न थालेको नेप्से साताको दोस्रो दिन सोमबार २०.६८ अंकले घटेको हो ।

योसँगै बजार परिसूचक २७५१.४२ विन्दुमा ओर्लिएको छ । आज बजारमा ८ अर्ब ३७ करोड रुपैयाँ बराबरको कारोबार भयो । अघिल्लो दिन १० अर्ब रुपैयाँको कारोबार भएको थियो ।

आज बजारमा ४४ कम्पनीको मूल्य बढेको छ । १९२ कम्पनीको मूल्य घटेको छ भने बाँकी ८ कम्पनीको मूल्य स्थिर रहेको छ । बजारमा आज नेष्डो लघुवित्त, गार्डियन लाइफ र विन नेपाल लघुवित्तको शेयर ८ प्रतिशत भन्दा धेरैले बढेको छ । त्यस्तै, उपकार लघुवित्त र सिक्लेस हाइड्रोपावरको सेयर सबैभन्दा धेरैले घटेको छ ।

बजारमा आज अन्य समूह बाहेक सबै समूहको सूचक घटेको छ । हाइड्रोपावर, इन्भेष्टमेन्ट, म्यानुफ्याक्चरिङ र ट्रेडिङ समूहमा १ प्रतिशत भन्दा धेरैको गिरावट देखिएको छ । बढेको अन्य समूहमा झिनो वृद्धि मात्रै देखिएको छ । कारोबार रकमका आधारमा आज पनि नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिइन्स्योरेन्सको ७३/७३ करोड रुपैयाँको कारोबार भयो । कारोबार सङ्ख्याका आधारमा भने आज पनि गार्डियन लाइफ इन्स्योरेन्स अगाडि रह्यो भने कारोबार भएको सेयर संख्याका आधारमा घलेम्दी हाइड्रोवापर अगाडि रह्यो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?