कारबाहीमा पर्दै ३० राजनीतिक दल

काठमाडौं । निर्वाचन आयोगले लेखा परीक्षण प्रतिवेदन नबुझाउने ३० राजनीतिक दलको कारबाही प्रक्रिया अगाडि बढाएको छ।

कानूनले तोकेको समयसीमाभित्र ८९ राजनीतिक दलले मात्रै लेखा परीक्षण प्रतिवेदन बुझाएका छन्। प्रतिवेदन नबुझाउने दलको सङ्ख्या ३० छ।  शनिबारको गाेरखानिर्वाचन आयोगका प्रवक्ता निता पोखरेल अर्यालले लेखा परीक्षण प्रतिवेदन नबुझाउने दललाई कानुनले तोकेबमोजिम कारबाही हुने र सो सम्बन्धमा आवश्यक तयारी भइरहेको जानकारी दिए। उनका अनुसार कानून तथा राजनीतिक दल व्यवस्थापन महाशाखाले प्रस्ताव तयार गरेपछि निर्णयका लागि पेश गरिने छ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा आर्थिक वर्ष सकिएको छ महिनाभित्र राजनीतिक दलले लेखा परीक्षण गराउनुपर्ने र सोसम्बन्धी प्रतिवेदन एक महिनाभित्र निर्वाचन आयोगमा बुझाउनुपर्ने उल्लेख छ। कानूनबमोजिम पुसभित्र दलले लेखा परीक्षण गराएर माघभित्र सोसम्बन्धी प्रतिवेदन आयोगमा बुझाउनुपर्ने थियो।

आयोगको अभिलेखबमोजिम आर्थिक वर्ष २०८०/८१ सम्म आयोगमा दर्ता कायम रहेका दलको सङ्ख्या ११९ छ। कानुनले तोकेको समयभित्र र समयपछि गरी ८९ दलले लेखा परीक्षण प्रतिवेदन बुझाएका छन्। प्रवक्ता अर्यालले भने, ‘प्रतिवेदन नबुझाउने दलको हकमा सुरुमा स्पष्टीकरण सोध्ने र पछि सोहीबमोजिम थप कारबाही अगाडि बढाइने छ।’

राजनीतिक दलसम्बन्धी ऐनको दफा ४१ ले प्रतिवेदन बुझाउने अवधि समाप्त भएको ४५ दिनभित्र आयोगले त्यस्तो दललाई लेखा परीक्षण प्रतिवेदन पेश नगर्नुको कारण खुलाई स्पष्टीकण पेस गर्न लिखित रूपमा वा विद्युतीय वा अन्य सञ्चार माध्यमबाट आदेश दिन सक्ने व्यवस्था गरेको छ। कानूनको सो व्यवस्थाबमोजिम आयोगले चैत १५ गतेभित्र दलसँग स्पष्टीकरण माग्नेछ।

ऐनको दफा ५४ मा दलले लेखा परीक्षण नगराएमा वा लेखा परीक्षण प्रतिवेदन आयोगमा नबुझाएमा वा स्पष्टीकरण पेस नगरेमा २० हजार रुपैयाँसम्म जरिबाना हुने उल्लेख छ। लगातार तीन वर्षसम्म लेखा परीक्षण प्रतिवेदन आयोगमा नबुझाएमा ५० हजार रुपियाँसम्म जरिबाना हुने व्यवस्था छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?