शिक्षकको तर्फबाट लेखिएको पत्र

श्री राज्य सन्चालकज्यूहरु,
सिंहदरबार, काठमाडौँ ।

विषय: आन्दोलनको मोर्चाबाट एक शिक्षकको नम्र निवेदन ।

महोदय,
यो पत्र कुनै सुगन्धित कोठाको मेचबाट होइन, सडकको धुलोले लेपिएको शिरबाट लेखिएको हो। यहाँ म व्यक्तिगत रूपमा होइन, हजारौँ शिक्षक र कर्मचारीहरूको आवाज बोकेर उपस्थित भएको छु—त्यो आवाज जसले ‘क’ लेखाउन जानेको छ, तर आफ्नो न्यायका लागि ‘कु’ भन्न बाध्य भएको छ।

महोदय,
तपाईंहरुको नजरमा हामी राष्ट्र निर्माता हौं रे! तर विडम्बना, अहिले हाम्रो नाम आन्दोलनकारीको सूचीमा परेको छ। हामी हिजो पाठशालामा पाठ पढाउँथ्यौं, आज सडकमा सरकारलाई पाठ पढाइरहेका छौं। तपाईंहरु सिंहदरबारको वातानुकूलित कोठामा शिक्षा सुधारको एजेन्डा बनाउनुहुन्छ, हामी विद्यालयको ढोका थुनेर स्थायीत्व मागिरहेका छौं। तपाईंहरु नीति बनाउनुहुन्छ, हामी पीडा बाँडिरहेका छौं।

हामीलाई तलब दिँदा सरकारको ढुकुटी रित्तिन्छ, तर लाठी र अश्रुग्यास छर्ने बेला तपाईंहरुको बजेट खर्छ हुँदैन कि ? यो कुन न्याय हो, जुन शिक्षालाई भारी बनाउँछ, तर शिक्षकमाथि भरोसा गर्दैन?

महोदय,
हामी त काम गर्ने, नारा नलगाउने मान्छे हौं। तर जब नारा नै हाम्रो अस्तित्वको एकमात्र विकल्प बन्यो, तब हामीले कलम छोडेर प्लेकार्ड समायौं। कलमले बुझेको सरकार तपाईंको हो कि हाम्रो—अब हामीलाई शंका लाग्न थालेको छ।

तपाईंहरु सोच्न सक्नुहुन्छ—के शिक्षकको जीवन यति सस्तो छ कि नीति बनाउनेहरूले तिनीहरूलाई पटक–पटक बिर्सन पाउँछन् ?
हामीलाई माया छैन कि कक्षा छुटेकोमा ? छ, तर अब त हाम्रो कर्मभन्दा अस्तित्वको लडाइँ पो महत्त्वपूर्ण छ ।

अब त तपाईंहरुलाई भन्न मन लाग्छ—
“शिक्षकको धैर्यको सीमा छैन ।
राष्ट्र बनाउने हात बाँधिएपछि, राष्ट्रकै मुटु चिसो हुन्छ।”

अन्त्यमा,
हामी आन्दोलनको मोर्चाबाट सोध्न चाहन्छौं—शिक्षा भनेको सरकारी नारा मात्रै हो कि सरकारको प्राथमिकता ?
यदि तपाईंको सरकार साँच्चिकै शिक्षालाई मूल्य दिन चाहन्छ भने, पहिले शिक्षकलाई मान दिनुहोस्।

धुलोले ढाकिएको आत्मसम्मानका तर्फबाट,
एक आन्दोलनरत शिक्षक

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनन्त प्रसाद घिमिरे
लेखकको बारेमा

अनन्त प्रसाद घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमका भाषा सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?