कर्णालीका १३८ उम्मेदवारमध्ये ४८ जनाको मात्र धरौती फिर्ता

समाचार सारांश
Auto Generated by AI
  • कर्णालीका १३८ उम्मेदवारमध्ये ४८ जनाले मात्र धरौटी फिर्ता गर्न सके।
  • कुल ९० जना उम्मेदवारले धरौटी गुमाए, जसमध्ये सुर्खेतमा मात्र २४ जनाको धरौटी जफत भयो।
  • कर्णाली प्रदेशभरका ३६ उम्मेदवारले १०० मत पनि कटाउन सकेनन्।

सुर्खेत । प्रतिनिधिसभा निर्वाचनमा कर्णालीका ४८ जना उम्मेदवारले मात्र धरौटी फिर्ता गर्न सकेका छन् ।

कर्णालीका १२ निर्वाचन क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी १३८ जना उम्मेदवार चुनावी मैदानमा थिए । ती मध्ये ९० जनाले धरौती फिर्ता गर्न सकेनन् । सबैभन्दा धेरै मतदाता रहेको सुर्खेतको दुई निर्वाचन क्षेत्रमा ३० जना उम्मेदवार थिए ।

तिस जना उम्मेदवारमध्ये सुर्खेतका २४ जनाको धरौती जफत भएको र ६ जनाले मात्र धरौटी जोगाएको प्रदेश निर्वाचन कार्यालय सुर्खेतका प्रमूख लालबहादुर गुरुङले बताए । अर्को दुई निर्वाचन क्षेत्र रहेको दैलेखमा २१ जनाको उम्मेदवार थिए ।

दैलेख क्षेत्र नं. १ मा एक स्वतन्त्रसहित १० जना र दुईमा दुई स्वतन्त्रसहित ११ जनाले उम्मेदवार रहेकोमा दुवै क्षेत्रमा ४÷४ जना उम्मेदवारे मात्र धरौटी जोगाएका छन् ।

जुम्लामा जिल्लामा एक स्वतन्त्रसहित १० जना उम्मेदवार रहेकोमा यहाँ पनि चार जनाले धरौटी जोगाएका छन् । ११ जना उम्मेदवार रहेको जाजरकोटमा तीन जना, १६ जना उम्मेदवार रहेको सल्यानमा ६ जना, १२ जना उम्मेदवार रहेको रुकुम पश्चिममा तीन जना र आठ जना उम्मेदवार रहेको हुम्लामा चार जनाले मात्र धरौटी जोगाएका छन् ।

त्यस्तै कालिकोटमा ४ जना, डोल्पामा ३ उम्मेदवारले धरौटी जोगाएको निर्वाचन कार्यालयले जनाएको छ । कर्णालीका ३६ उम्मेदवारले १०० मत कटाउन सकेनन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?