प्रधानमन्त्रीले आफ्ना मान्छेलाई प्रधानन्यायाधीश बनाउन जालझेल गर्दै छन् : सभापति थापा

समाचार सारांश
Auto Generated by AI
  • गगन थापाले प्रधानमन्त्रीले आफ्नो अनुकूलको प्रधानन्यायाधीश नियुक्त गर्न खोजेको आरोप लगाएका छन्।
  • संवैधानिक परिषद् सम्बन्धी अध्यादेशमार्फत न्यायपालिकामा हस्तक्षेप गरिएको थापाको जिकिर छ।
  • यस्तो प्रक्रिया लोकतान्त्रिक मूल्य र स्वतन्त्र न्यायपालिकाको विरुद्धमा रहेको भन्दै कांग्रेसले विरोध गरेको छ।

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस का सभापति गगन कुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाह माथि आफ्नो पक्षका व्यक्तिलाई प्रधानन्यायाधीश नियुक्त गराउन विभिन्न राजनीतिक चालबाजी गरिरहेको आरोप लगाएका छन्।

बुधबार पार्टी संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै सभापति थापाले प्रधानमन्त्री शाहले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशमार्फत आफ्नो अनुकूल व्यक्ति प्रधानन्यायाधीश बनाउन खोजेको जिकिर गरे।

उनले संसद अधिवेशन आह्वान गर्ने र अन्त्य गर्ने प्रक्रियालाई समेत सरकारले योजनाबद्ध रूपमा प्रयोग गरेको आरोप लगाउँदै यसलाई न्यायपालिकामाथि प्रभाव कायम गर्ने रणनीतिका रूपमा व्याख्या गरे।

सभापति थापाका अनुसार प्रधानमन्त्री शाहले संवैधानिक परिषद्माथि आफ्नो नियन्त्रण सुदृढ बनाउन सम्बन्धित कानुन अध्यादेशमार्फत संशोधन गराएका हुन्।

उनले सरकारको यस्तो कदम लोकतान्त्रिक मूल्य, संवैधानिक प्रक्रिया तथा स्वतन्त्र न्यायपालिकामाथिको हस्तक्षेप भएको उल्लेख गर्दै आफ्नो दललाई यस्तो नियुक्ति प्रक्रिया स्वीकार्य नहुने स्पष्ट चेतावनी दिए।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?