
- कपिलवस्तुमा आईएमई लाइफ इन्स्योरेन्सको अभिकर्ता सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
- कार्यक्रममा वैशाख महिनाका उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान गर्दै बीमाको महत्वबारे प्रकाश पारिएको छ।
- कम्पनीले नागरिकहरूलाई आफ्नो भविष्य सुरक्षित बनाउन बीमा गर्न आग्रह गरेको छ।
कपिलवस्तु : कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवामा “सुरक्षाको पूर्वाधार, भविष्यको आधार” भन्ने मूल नाराका साथ IME LIFE Insurance Company Limited को अभिकर्ता सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रम IME LIFE इन्स्योरेन्स कम्पनी लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख रवि शंकर सर्राफ को प्रमुख आतिथ्यता तथा तौलिहवा शाखा प्रमुख मिरा यादव को अध्यक्षतामा सम्पन्न भएको हो।
नेपाल पत्रकार महासंघ पूर्व लुम्बिनी प्रदेश परिषद् सदस्य पत्रकार इमरान खान को सहयोगमा आयोजित कार्यक्रममा ठूलो संख्यामा अभिकर्ताहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा वैशाख महिनाका उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान गरिएको थियो। सम्मानित अभिकर्ताहरूलाई कम्पनीका तर्फबाट आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाह र बीमा क्षेत्रको विस्तारमा योगदान पुर्याउन शुभकामना दिइएको थियो।
कार्यक्रममा बोल्ने वक्ताहरूले बीमा जीवन सुरक्षाको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै बालबालिकाको भविष्य निर्माण, व्यवस्थित जीवन योजना, परिवारको आर्थिक सुरक्षा, अपाङ्गता अवस्था तथा घातक रोगको जोखिममा बीमाको महत्वबारे जानकारी गराएका थिए।
IME LIFE Insurance Company Limited ले नागरिकको सुरक्षित भविष्य निर्माणमा सहयोग पुर्याउने उद्देश्यसहित कपिलवस्तुबासीलाई बीमामार्फत आफ्नो भविष्य सुरक्षित बनाउन आग्रह गरेको छ।
कार्यक्रमको समापन तौलिहवा शाखाका सुदीप भण्डारी ले गर्नुभएको थियो।













