
- अभिनेता आमिर खानले आगामी जुलाई ५ मा तेस्रो विवाह गर्ने तयारी गरेका छन्।
- उनी लामो समयदेखि बेंग्लुरुकी गौरी स्प्राट्टसँग प्रेम सम्बन्धमा रहेका छन्।
- गौरी बेलायतमा जन्मेकी हुन् र उनीहरूको चिनजान करिब २५ वर्ष पुरानो हो।
मुम्बई । बलिउड अभिनेता Aamir Khan ले तेस्रो पटक विवाह गर्ने तयारी गरेको खबर सार्वजनिक भएको छ।
समाचारअनुसार आमिर खानले बेंग्लुरुकी ४८ वर्षीया गौरी स्प्राट्टसँग आगामी जुलाई ५ मा विवाह गर्ने तयारी गरेका छन्। दुवै विगत करिब दुई वर्षदेखि सम्बन्धमा रहेको बताइएको छ।
गत वर्ष मार्च १४ मा आफ्नो ६० औं जन्मदिनको अवसरमा आमिर खानले गौरीलाई आफ्नो ‘पार्टनर’ का रूपमा सार्वजनिक गरेका थिए। उनीहरूबीचको परिचय करिब २५ वर्ष पुरानो रहेको पनि उल्लेख गरिएको छ।
गौरी स्प्राट्ट सात वर्षका छोराकी आमा हुन्। उनी बेलायतमा जन्मिएकी हुन् र उनको पारिवारिक पृष्ठभूमि भारतसँग जोडिएको बताइन्छ। उनका हजुरबा फिलिप स्प्राट्ट सन् १९२० मा भारत आएका र स्वतन्त्रता आन्दोलनमा समेत सहभागी भएका ऐतिहासिक व्यक्तित्व रहेको विवरणमा उल्लेख छ।












