
- कपिलवस्तु नगरपालिकाले नगरवासीलाई घरदैलोमै स्वास्थ्य सेवा दिन मोबाइल क्लिनिक भ्यान सञ्चालनमा ल्याएको छ।
- यो सेवामार्फत निःशुल्क स्वास्थ्य परीक्षण र परामर्शका साथै विभिन्न आधारभूत स्वास्थ्य जाँच गरिनेछ।
- नगरपालिकाले तोकिएको समय र तालिका अनुसार उपस्थित भई निःशुल्क स्वास्थ्य सेवा लिन सबैमा आग्रह गरेको छ।
कपिलवस्तु । कपिलवस्तु नगरपालिकाले नगरवासीलाई सहज, सरल र पहुँचयोग्य स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालनमा ल्याएको छ।
नगर प्रमुख सुदिप पौडेलको पहल तथा नगर कार्यपालिकाको निर्णयअनुसार सञ्चालन गरिएको उक्त सेवामार्फत नगरका विभिन्न वडामा पुगेर नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण तथा स्वास्थ्य परामर्श प्रदान गरिने नगरपालिकाले जनाएको छ।
🩺 मोबाइल स्वास्थ्य क्लिनिक भ्यानबाट उपलब्ध सेवाहरू :
✅ रक्तचाप (ब्लड प्रेसर) परीक्षण
✅ पिसाब परीक्षण
✅ सुगर परीक्षण
✅ आधारभूत स्तन स्वास्थ्यसम्बन्धी परामर्श
नगरपालिकाले सम्पूर्ण नगरवासीलाई तोकिएको स्थान र समय तालिका अनुसार उपस्थित भई स्वास्थ्य सेवाको लाभ लिन आग्रह गरेको छ।













