टेम्पो भिरबाट खसालेको घटना : पीडित धनादेवीलाई ५ लाख क्षतिपूर्ति, धरौटीमा छुटे वन कर्मचारी

समाचार सारांश
Auto Generated by AI
  • कैलालीको गोदावरीमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो फालिएको घटनामा क्षतिपूर्ति दिने सहमति भएको छ।
  • क्षतिपूर्ति पाएपछि पीडित महिलाले विवाद टुंग्याएकी छिन्।
  • दुई वन कर्मचारी जनही सात हजार धरौटीमा हिरासतमुक्त भएका छन्।

१० असार, धनगढी । कैलालीको गोदावरीमा वन अतिक्रमण हटाउने अभियानका क्रममा भिरबाट टेम्पो फालिएको घटनाको विवाद समाधान भएको छ । भिरबाट टेम्पो फाल्ने कार्यमा संलग्न वन कर्मचारीले टेम्पो भीमदत्त राजमार्गमा राखेर खुद्रा सामान बिक्री गर्दै आएकी धनादेवी धामीलाई क्षतिपूर्ति वापतको रकम दिएपछि विवाद टुंग्गिएको हो ।

धनादेवीले क्षतिपूर्ति पाएसँगै सोही घटनामा कैलाली प्रहरीको हिरासतमा रहेका सवडिभिजन वन कार्यालय अत्तरियाका वरिष्ठ डिभिजन वन अधिकृत कृष्णबहादुर बोहरा र वन रक्षक चेतराज फूलारा पनि थुनामुक्त भएका छन् ।

जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई ७/७ हजार धरौटीमा छाडेको हो । धामी टेम्पाको क्षतिपूर्ति र अतिक्रमण हटाउने अभियानका क्रममा वन कार्यालयले भत्काएको घर बनाइदिनुपर्ने भन्दै प्रहरी र स्थानीय प्रशासन धाइरहेकी थिइन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
महेश भुसाल
लेखकको बारेमा

महेश भुसाल

भुसाल समाचारपाेष्ट डटकमका सूचना प्रविधि विज्ञ हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?