
- नेपाल रेडक्रस सोसाइटीले रसुवा र भोटेकोशीका बाढीपीडितका लागि आवास निर्माण गर्ने भएको छ।
- एक हजार अस्थायी र एक हजार स्थायी घरका साथै पाँच हजारलाई भाडा सहायता दिइनेछ।
- दशैँपछि कार्ययोजना बनाएर भवन विभागको नेतृत्वमा निर्माण प्रक्रिया अघि बढाइनेछ।
काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले रसुवा र भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित परिवारका लागि निजी आवाज निर्माण गरिदिने भएको छ।
रेडक्रसले एक हजार अस्थायी आवास र एक हजार स्थायी घर निर्माण गर्ने नेपाल रेडक्रस सोसाइटी केन्द्रीय तदर्थ समितिका अध्यक्ष विशालकुमार भण्डारीले जानकारी दिए।
आवास निर्माणको लागि बिहीवार पुर्वाधार विकास मन्त्रालयमा भवन विभागसँग सम्झौता गरिएको उनले बताए। सम्झौताअनुसार बाढी प्रभावितलाई लक्षित गरी आवास तथा भाडा सहायता कार्यक्रम सञ्चालन गरिनेछ।
उक्त सहमति तत्काल कार्यान्वयनमा जाने अध्यक्ष भण्डारीले जानकारी दिए।
भण्डारीले दशैँलगत्तै कार्ययोजना तयार गरिने र सरकारले आवश्यक जग्गा उपलब्ध गराएपछि अस्थायी आवास तथा स्थायी घर निर्माण प्रक्रिया अघि बढाइने उनको भनाइ छ।
घर बगाएका करिa पाँच हजार लाभग्राहीलाई भाडा सहायता उपलब्ध गराउने समेत सहमति भएको उनले बताए। सम्झौताअनुसार आवास निर्माणको नेतृत्व भवन विभागले गर्ने उनले जानकारी दिए।













