सुदूरपश्चिम रोयल्सले टस जित्यो, पहिले फिल्डिङ गर्ने

समाचार सारांश
Auto Generated by AI
  • एनपीएलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।
  • वर्षा र मैदान सुकाउन समय लागेका कारण खेल ५–५ ओभरको हुने भएको छ।
  • खेलाडीको सुरक्षा र बाउन्ड्रीको विषयमा विवाद भए पनि लामो संवादपछि खेल सुरु भएको छ।

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल)अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

वर्षाले प्रभावित खेल निर्धारित समयभन्दा करिब चार घण्टा ढिलो सुरु भइरहेको छ । मैदान सुकाउन समय लागेका कारण खेल ५–५ ओभरको खेल हुने निर्णय भएको थियो ।

यसअघि खेल ७:४१ मा खेल सुरु हुने भनिएको थियो । तर, सुदूरपश्चिम रोयल्सले मैदानको अवस्थालाई देखाउँदै खेलाडीको सुरक्षा र बाउन्ड्री छोटो बनाएको विषयमा फरक मत राख्दै खेल खेल्न नमान्दा ढिलो हुन पुगेको थियो ।

लामो संवादपछि सुदूरपश्चिम खेल खेल्न तयार भएको हो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?