
- जाजरकोटमा घर पोत्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिएर रुकुम पश्चिमका चार जना घाइते भएका छन्।
- घाइते सबैको स्थानीय नगर अस्पतालमा उपचार भइरहेको छ।
- एक जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि सुर्खेत रिफर गरिएको छ।
सुर्खेत । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ चौरका चार जना माटोको ढिस्कोले पुरिएर घाइते भएका छन् ।
घर पोत्ने माटो लिन जाजरकोट नलगाड नगरपालिका–७ दल्ली नजिकै खन्ने क्रममा माथिबाट माटोको ढिस्को खसेर उनीहरू पुरिएका हुन् ।
घाइते चारै जनाको स्थानीय नगर अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये एक जनाको अवस्था गम्भीर रहेकाले प्राथमिक उपचारपछि थप उपचारका लागि सुर्खेत रिफर गरिएको आठबिसकोट नगरपालिकाका प्रमुख डम्बर रावतले जानकारी दिए ।
घर पोत्ने माटो खन्न गएका उनीहरू एकै पटक ढिस्कोमा पुरिएपछि घाइते भएका हुन् ।













