कपिलवस्तुमा हवाई फायर गरी ब्राउन सुगरसहित २ जना पक्राउ

समाचार सारांश
Auto Generated by AI
  • कपिलवस्तुको बाणगंगाबाट २८ ग्रामभन्दा बढी ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्।
  • प्रहरीले नियन्त्रणमा लिने क्रममा भाग्न खोजेपछि दुई राउन्ड हवाई फायर समेत गरिएको थियो।
  • भारतीय मोटरसाइकलमा लुकाइ राखेको अवस्थामा लागुऔषध बरामद गरी थप अनुसन्धान भइरहेको छ।

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–३ राजापानीस्थित राधाकृष्ण नास्ता पसलबाट प्रहरीले २८ ग्राम ८२० मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।

कृष्णबहादुर विश्वकर्माले सञ्चालन गरेको उक्त नास्ता पसलमा विशेष सूचनाका आधारमा आइतबार दिउँसो करिब २ बजे इलाका प्रहरी कार्यालय पिपरा र लागुऔषध नियन्त्रण ब्युरो भैरहवाको संयुक्त टोली पुगेको थियो।

प्रहरीलाई देखेपछि भाग्न खोजेका व्यक्तिहरूलाई नियन्त्रणमा लिन प्रहरी सहायक निरीक्षक सागर भट्टराईले सानो हतियारबाट दुई राउन्ड हवाई फायर गरेका थिए। त्यसपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका–११ का २६ वर्षीय सलाउँद्दीन मुसलमान र बाणगंगा नगरपालिका–६ का २९ वर्षीय उमेश थारु रहेका छन्।

इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक कालिका कार्कीको नेतृत्वमा खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार युपी ५५ एभी २६५९ नम्बरको भारतीय मोटरसाइकलको सिटमुनि प्लास्टिकको थैलीमा लुकाएर राखिएको अवस्थामा उक्त लागुऔषध बरामद गरिएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको छ। लागुऔषध नियन्त्रणका लागि प्रहरीले निगरानी बढाएसँगै कारोबारमा संलग्न व्यक्तिहरूमाथि कारबाही तीव्र पारिएको प्रहरी उपरीक्षक मनोहर भट्टले बताएका छन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
इमरान खान
लेखकको बारेमा

इमरान खान

खाँन समाचारपाेष्ट डटकमका कपिलवस्तु प्रतिनिधि हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?