
- नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी टोपबहादुर रायमाझी डिल्लीबजार कारागारबाट रिहा भएका छन्।
- ज्येष्ठ नागरिकले पाउने २५ प्रतिशत कैद छुट सुविधाका कारण उनी तोकिएको समयभन्दा अगाडि छुटेका हुन्।
- काठमाडौं जिल्ला अदालतको आदेशपछि कारागार प्रशासनले उनलाई आज बिहान रिहा गरेको हो।
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका नेकपा एमालेका नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी रिहा भएका छन् । उनी बिहीबार बिहान डिल्लीबजार कारागारबाट रिहा भएका हुन् ।
६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने कैद छुट सुविधाअन्तर्गत रायमाझी रिहा भएका हुन् । प्रचलित कानुनी व्यवस्थाअनुसार ६५ वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिकले कैद सजायमा २५ प्रतिशत छुट पाउने व्यवस्था छ ।
रायमाझीलाई रिहा गर्न काठमाडौं जिल्ला अदालतले तिहारअघि नै कारागार प्रशासनलाई संशोधित कैदीपुर्जी पठाएको थियो । अदालतबाट प्राप्त संशोधित कैदीपुर्जीका आधारमा उनलाई रिहा गरिएको कारागार स्रोतले जनाएको छ ।
रायमाझी २०८० वैशाख २० गते नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका थिए । काठमाडौं जिल्ला अदालतले २०८३ असार ३० गते उनलाई चार वर्ष कैद सजाय सुनाएको थियो ।
ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार कैद छुट सुविधा पाएपछि उनी निर्धारित कैद अवधि पूरा हुनुअघि नै रिहा भएका हुन् ।













