
समाचार सारांश
Auto Generated by AI
- सरकारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ।
- मन्त्रिपरिषद्को बैठकले एआईजी मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ।
- कार्कीलाई कारबाही नभई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारीमा सारिएको छ।
काठमाडौं । सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई जिम्मेवारीबाट हटाएको हो।
बैठकले सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको सरकारका प्रवक्ता शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।। कार्कीलाई भने प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ। पोखरेलले भने, ‘कार्कीलाई कारबाहि गरिएको होइन। जिम्मेवारी फेरबदल गरिएको हो।’













