
- अर्घाखाँचीको पाणिनि गाउँपालिकामा निःशुल्क मोतियाबिन्दु परीक्षण शिविर सञ्चालन हुने भएको छ।
- मंसिर ११ गते उदिनढुङ्गामा परीक्षण हुने र शल्यक्रिया गर्नुपर्ने बिरामीको मंसिर १५ गते सन्धिखर्कमा निःशुल्क शल्यक्रिया गरिनेछ।
- शिविरमा आँखा परीक्षणसँगै निःशुल्क औषधि र चस्मा समेत उपलब्ध गराइनेछ।
अर्घाखाँची । अर्घाखाँचीको पाणिनि गाउँपालिकामा निःशुल्क मोतियाबिन्दु परीक्षण शिविर सञ्चालन हुने भएको छ।
जिल्ला आँखा अस्पतालको आयोजनामा आगामी २०८३ मंसिर ११ गते पाणिनि आधारभूत अस्पताल, उदिनढुङ्गामा शिविर सञ्चालन हुन लागेको हो। आँखा अस्पतालका प्रमुख सागर घिमिरेले शिविरबारे जानकारी दिँदै परीक्षणका क्रममा मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने देखिएका बिरामीको मंसिर १५ गते जिल्ला आँखा अस्पताल, सन्धिखर्कमा निःशुल्क शल्यक्रिया गरिने बताए।
शिविरमा आँखासम्बन्धी समस्या भएका नागरिकको निःशुल्क परीक्षण गरिनेछ। साथै मोतियाबिन्दुको समस्या पहिचान भएका र शल्यक्रिया आवश्यक पर्ने बिरामीलाई निःशुल्क उपचार सेवा उपलब्ध गराइनेछ। भने आवश्यक औषधि र चस्मा समेत निःशुल्क उपलब्ध गराइने आयोजकदले जनाएको छ ।
आँखासम्बन्धी समस्या भएका नागरिकलाई शिविरमा सहभागी भई आफ्नो आँखाको परीक्षण गराउन आयोजकले अनुरोध गरेको छ।
समयमै मोतियाबिन्दुको पहिचान र उपचारमार्फत नागरिकको आँखाको स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले शिविर सञ्चालन गर्न लागिएको हो।













