माओवादीद्वारा प्रधानमन्त्रीमा दाबी गर्न सांसदहरूको हस्ताक्षर संकलन

काठमाडौँ । गठबन्धनबाट पहिलो कार्यकाल प्रधानमन्त्री आफूले पाउनुपर्ने दाबी गरिरहेको नेकपा (माओवादी केन्द्र)ले सांसदहरूको हस्ताक्षर संकलन गरिसकेको बताइएको छ । पुस ७ मा बसेको संसदीय दलको बैठकमा सांसदहरूलाई प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्ने क्रममा पेस गर्नका लागि हस्ताक्षर संकलन गरिएको हो ।

माओवादी केन्द्रका एक सांसदका अनुसार सांसदहरूलाई प्रधानमन्त्रीमा दाबी लगायत विभिन्न काममा प्रयोग गर्नका लागि भनेर संसदीय दलको बैठकमा हस्ताक्षर संकलन गरिएको थियो । उक्त बैठकमा अनुपस्थित सांसदहरूको शनिबार बिहानसम्म हस्ताक्षर लिइसकिएको बताइएको छ । हस्ताक्षर संकलन कार्यमा संलग्न एक सांसदले सबै सांसदहरूको हस्ताक्षर लिइसकिएको छ ।

‘प्रधानमन्त्रीका लागि दाबी प्रस्तुत गर्न भनेर सबै सांसदहरूको हस्ताक्षर लिइसकिएको छ । सांसदहरूलाई यसबारे पनि जानकारी दिइसकिएको छ,’ ती सांसदले भने, ‘संसदीय दलको बैठकमा उपस्थित सांसदहरूको त्यहाँ नै हस्ताक्षर लिइसकिएको छ भने बाँकीको आज बिहानसम्म हस्ताक्षर भइसकेको छ ।’
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?