प्रिमियर लिग : आर्सनल र सिटी विजयी

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र आर्सनल विजयी भएका छन्।

आइतबार राति भएको खेलमा सिटीले उल्भ्सलाई ३–० गोल अन्तरले हराएको हो। सिटीको जितमा एर्लिङ हालाण्डले ह्याट्रिक गरे। हालाण्डको यो प्रिमियर लिगमा चौंथो ह्याट्रिक हो।

जितसँगै सिटीले २० खेलमा ४५ अंक जोडेको छ। सिटी तालिकाको दोस्रो स्थानमा रहेको छ।

यस्तै गएराति नै भएको खेलमा शीर्ष स्थानको आर्सनलले रोमान्चक जित निकालेको छ। आर्सनलले म्यानचेस्टर युनाईटेडमाथि ३–२ गोलको रोमान्चक जित निकालेको हो। इमिरेट्स स्टेडियममा भएको खेलमा सुरुआती अग्रता युनाईटेडले बनाएको थियो।

खेलको १७ औं मिनेटमा मार्कस राषफोर्डले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए। तर, खेलको २४ औं मिनेटमा एड्डी एनकेटीहले गोल गर्दै आर्सनललाई १–१ गोलको बराबरीमा ल्याए।

खेलको ५३ औं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनललाई २–१ को अग्रता दिलाए।  तर, खेलको ५९ औं मिनेटमा लिसान्द्रो मार्टिनेजले गोल गर्दै युनाईटेडलाई २–२ को बराबरीमा ल्याए।

त्यसपछि खेलको इन्जुरी समयमा एनकेटीहले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई ३–२ को जित दिलाए। जितसँगै आर्सनलले १९ खेलमा ५० अंक जोडेको छ। आर्सनल शीर्ष स्थानमा यथावत रहेको छ। गएराति नै भएको अर्को खेलमा लिड्स र ब्रेनफोर्डले गोलरहित बराबरी खेले।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?