साथीहरूले मलाई जवान नै ठान्छन् : केपी ओली

१९ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देखाइ र भोगाइ फरक हुने बताएका छन् । मोतीदेवी स्मृति केन्द्रले ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर आयोजित कार्यक्रममा ओलीले सबैले देखेको भन्ने र आफूले भोग्ने फरक हुने बताए।

उनले आफ्ना साथीहरूले भेट्दा हौसला थप्दै आफूलाई जवान भन्ने गरे पनि आफू त्यसो नभएको बताए। उनले भने, ‘साथीहरूले भन्दिन्छन् ओहो तपाईं त जस्ताको तस्तै हुनुहुन्छ । जवान हुनुहुन्छ। तर त्यसो होइन्। मेरो अनुहार हेरेर साथीहरूले त्यसो भने पनि म के हो त मलाई थाहा छ। घरि घरि त म पनि ऐना हेर्छु।’

मोतीदेवी स्मृति केन्द्रले प्रेरणादायी महिलालाई गरेको सम्मानमा ओलीले यो सम्मानले महिलाले आफ्नो हक अधिकार रक्षाका लागि खेलेको भूमिका पनि अतुलनीय रहेको बताए । उनले सबैले आआफ्नो क्षेत्रमा उल्लेख्य मेहनत गरेको बताए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?