प्रधानमन्त्रीले संसदमा आज सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने भएका छन्।

प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीले प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने व्यवस्था छ। यही व्यवस्थाअनुसार प्रचण्डले बिहीबार सांसदसँग प्रश्नोत्तर गर्न लागेका हुन्।

संसदको पहिलो एक घण्टा प्रधानमन्त्रीले जवाफ दिनेछन्। बैठक बिहान ११ बजे बोलाइएको छ।

संसदमा महिनाको पहिलो साता प्रश्नोत्तर राख्ने समझदारी गत आइतबार कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको थियो।

बिहीबारको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ‍ओलीले विशेष समय लिएर बोल्ने छन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?