काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाको अध्यक्ष बन्न आग्रह गरेका छन्
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पूर्वराजाको गतिविधिबाट लोकतन्त्र कमजोर हुने स्थिति नरहेको बताए ।
पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाह सार्वजनिक कार्यक्रममा सहभागी हुने र मन्तव्य दिने गर्दै आइरहेका छन् । खनालले भने “उनी मन्दिरमा जान्छन्, मन्दिरमा आस्थाका मानिस छन्, त्यो ठाउँमा गएर भावनालाई प्रयोग गर्न जान्छन्, अभिनन्दनका कुरा छन्, एक्सरसाइज त गर्नुस् तर हिजोको गद्दी फिर्ता आउँछ भन्ने सपना नदेख्नुस् । राप्रपाको अध्यक्ष बन्नुस्, वा एउटा पार्टी खोल्नुस्, त्यो लोकतन्त्रको पाटो हो, मन्दिरमा पूजा गरेर राजतन्त्र फर्किंदैन ।”
खनालले मन्दिरमा पूजा गरेर राजतन्त्र फर्किने सपना नदेख्न चेतावनी समेत दिएका छन् ।













