कांग्रेसमा जुहारी : विद्राेह गर्ने थापाकाे मुड, देउवा भन्छन्, “बिरोध गरेर पार्टी ठूलो बन्दैन”

बुटवल । नेपाली कांग्रेसभित्र जुहारी नै सुरू भएकाे छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा कसैको बिरोध गरेर पार्टी ठूलो नबन्ने बताएका छन् । शनिबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै देउवाले महामन्त्री गगन थापाप्रति लक्षित गर्दै यस्ताे बताएका हुन्।

उनले पार्टी बलियो बनाउन जनताको काँधमा काँध मिलाइ जनसम्पर्क बिस्तार गर्नुपर्ने बताए । उनले आफूले नेपाली कांग्रेसलाई अहिले देशको ठूलो पार्टी बनाएको भन्दै  उनले भने “अब त मैले सहयोग गर्ने हो, पार्टी सभापति हुने होइन । एकजनालाई गाली गरेर पार्टी बलियो हुँदैन ।”

यता महामन्त्री गगन कुमार थापा भने सभापति शेर बहादुर देउवा बिरूद्द संर्घष गर्ने मुडमा देखिन्छन् । महामन्त्री थापाले सावर्जनी कार्यक्रममै सभापति देउवाकाे विराेध गर्दै आएका छन् ।  जेष्ठ १९ गते प्रेस युनियनले काठमाडौंमा गरेको कार्यक्रममा थापाले सभापति शेरबहादुर देउवाको कार्यशैलीलाई अब नसहने थापाले चेतावनी दिएका थिए । सभापतिका कारणले कांग्रेसका विषयमा प्रश्न उठ्ने अवस्था बनेको थापाको जिकिर थियाे । उनले भनेका थिए, ‘टुल टुल हेरेर बसिन्न् । कांग्रेस बदलिन्छ । संघर्ष गर्ने हो ।’

यस्तै एक कार्यक्रममा बाेल्दै नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधि र नियममा नचलेको भन्दै असन्तुष्टि पाेखेका छन् । उनले भने “मेरो एउटै जोड छ, विधि र नियमबाट पार्टी चलाऔँ। अब बचेको समयमा पार्टीलाई विधि, नियमसम्मत अघि बढायौँ भने अरू पार्टीको चुनौती सामना गर्नु पर्नेछैन। लामो इतिहास भएको पार्टी हो। काँग्रेस पार्टीको जस्तो विचारधारा अरू कुन पार्टीको छ र ? आफूले गर्नुपर्ने काम सबैले गरौँ ।”

पछिल्ला केही निर्णयहरूका कारण कांग्रेस पार्टीभित्र विवादित भएका कुरा सतहमै आएका हुन् ।  नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई आममाफी, नागरिकता विधेयकको प्रमाणीकरण प्रक्रिया, प्रदेशमा मन्त्रालय टुक्राउनु, सांसद विकास कोषको व्युँताउने कार्य गलत भएको र यि सबैकाम पार्टी सभापतिको बलमा सरकारले गरेकाे भन्दै कांग्रेसभित्र जुहारी चलेकाे छ ।

याे पनि

काँग्रेस विधि र नियममा चल्न सकेन : प्रकाशमान सिंह
पार्टीभित्र सुधार चाहने र सुधार नचाहने गुट छन् : महामन्त्री थापा

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?