पूर्वसांसद र वडाध्यक्षले कुटे कार्यालय प्रमुख, दुवैजना पक्राउ

मुगु । नेकपा एमालेका नेता कर्णाली प्रदेश सभाका निवर्तमान सदस्य दानसिहं परियार र छायाँनाथ रारा नगरपालिका–६ का वडा अध्यक्ष खेम बहादुर रावलले पुर्वधार कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख ई. दत्त बुढथापामाथि हातपात गरेका छन्।

शनिबार साँझ ६ बजेतिर योजनाको विषयलाई लिएर विवाद हुदाँ निवर्तमान सांसद  परियार र छायाँनाथ रारा नगरपालिका वडा नं ६ का वडा अध्यक्ष खेम बहादुर रावलले पुर्वधार कार्यालय  मुगुका निमित्त कार्यालय प्रमुख ई दत्त बुढथापालाई हातपात गरेका हुन्।

चालु आर्थिक वर्ष २०७९/८० को प्रदेश सांसद विकास कोष मार्फत सञ्चालित खर्कदारदेखि रिगामाडु र माथि बालै हुदै माथतल्लासम्मका दुई योजनाको लागत स्टेमेट अनुसारको काम नभएको र रकम भुक्तानी पूरादिन दबाब दिदाँ आफुले अस्वीकार गर्दा आफू माथि कार्यालय भित्र हातपात गरेको र कार्यालय तोडफोेड गरेको प्रमुख बुढथापाले जनाए।

उनका अनुसार दुवै योजनाको काम भएको तर लागत स्टमेट अनुसारको भएको छैन्। ४० लाखको योजनाको १० लाख बराबरको काम भएको र ५० लाखको योजनाको ३० लाख बराबरको काम भएको छ। त्यसै अनुरुप भुक्तानी लिन आग्रह गर्दा उनीहरुले हातपात गरेको बताए।  बिल बढाउँ अख्तियारमा पर्ने डर नबढाँउ कुटाई खाने डरले मुगुमा काम गर्न असहज भएको बुढाले बताए।

प्राविधिकहरुलाई पनि ज्यानमार्ने धम्कीले कर्मचारी त्रासमा छन्। यो वर्षको आर्थिक वर्ष सकिन १ दिन बाँकी छ। अन्य योजनाको भुक्तानी दिन बाँकी रहेकाले काम गर्न असहज भएको कार्यालय प्रमुख बुढथापाले बताए।

यसै बिच हातपातपछि नि वर्तमान सासंद परियार र वडा अध्यक्ष रावललाई प्रहरीले नियन्त्रण लिएको छ। उनिहरुलाई सोधपुधका लागि जिल्ला प्रहरी कार्यालय मुगुमा राखिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ। थाहा खबर

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?