अर्घाखाँची : सन्धिखर्ककाे भगवती माविलाई २२ लाखको सामाग्री हस्तान्तरण

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका –२ शंखेटारीमा रहेको भगवती माध्यमिक विद्यालयलाई प्रविधिमैत्री बनाउन सूर्यो नेपालले २२ लाख रुपैयाँ बराबरको सामाग्री हस्तान्तरण गरेको छ ।

विद्यालयका पूर्व विद्यार्थीहरूको पहलमा सूर्य नेपाल नामक संस्थाले कम्प्युटर, ल्यापटप, प्रोजेक्टर लगायतका २२ लाख रुपैयाँ बराबरका सामाग्री विद्यालयलाई हस्तान्तरण गरेको हो ।

सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन तथा समयसापेक्ष शिक्षा प्रदान गर्नका लागि विद्यालयका पूर्व विद्यार्थी तथा नेपाल सरकारका सहसचिव बाबुराम गौतम, कानुन उपसचिव हरिहर पौडेल, पूर्व विद्यार्थी नारायण गौतम, अनिल भुसाल लगायतको पहलमा ती सामाग्रीहरू विद्यालयलाई प्रदान गरिएको थियो ।

आफूले पढेको विद्यालयमा केही सहयोग गर्नु पर्छ भन्ने मान्यताका साथ र सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण वृद्धि गर्न प्रविधीमैत्री सामाग्री हस्तान्तरण गरिएको विद्यालयका पूर्व विद्यार्थी तथा सामाग्री ल्याउन पहल गरेका बाबुराम गौतमले बताए ।

फ्लाक्स बोर्ड, क्यामेरा, डेक्सटप कम्प्युटर पाँच थान, प्रिन्टर चार थान, ल्यापटप चार वटा, टीभी दुई वटा, इन्भर्टर र ब्याट्रीलगायतका सामाग्री विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामबहादुर भुसाल र विद्यालयका प्रधनाध्यापक ध्रुव केसीलाई हस्तान्तरण गरिएको छ ।

पूर्व विद्यार्थीहरूको पहलमा विद्यालयमा अत्यावश्यक सामाग्री प्राप्त भएको र यसले विद्यालयको पठनपाठनमा धेरै सजिलो हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामबहादुर भुसालले बताए ।

उनले प्रविधिको प्रयोग गरेर विद्यार्थीलाई अध्यापन गराउन सहयोग पुग्ने र विद्यालयको गुणस्तरमा पनि वृद्धि हुने अपेक्षा गरेको बताए ।

पछिल्लो समयमा सामुदायिक विद्यालयहरुको गुणस्तर खस्किरहेको समयमा पनि यस विद्यालय जिल्लामै सामुदायिक विद्यालयमध्ये उत्कृष्ट विद्यालयहरुको सूचीमा पर्ने गरेको छ ।

विद्यालयले गत वर्षको एसईई परीक्षाको नतिजामा सामुदायिक विद्यालयतर्फ प्रथम स्थान हासिल गर्न सफल भएको विद्यालयका शिक्षक शोभाखर पन्थीले जानकारी दिए ।

२०१७ सालमा स्थापना भएको यस विद्यालयमा पूर्वप्राथमिक तहदेखि कक्षा १२ सम्म झण्डै सात सय विद्यार्थी अध्ययनरत छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनिल नेपाली
लेखकको बारेमा

अनिल नेपाली

नेपाली समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?